‘क का कि की’ बालगीत युट्युबमा 

धेरैभन्दा धेरै नेपाली जनजीवनका बालगीतहरुकाे अडियो / भिडियो तयार गरी युट्युबमा राख्ने नेपाली बालगीत परियोजनाअन्तर्गत स्वस्तिश्री गुरुकुल आइ.बी.वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको बालगीत ‘क का कि की’ को अडियो / भिडियो रामबाबु सुवेदी अफिसियल युट्युबमा उपलब्ध भएको छ ।

CONTINUE READING

वरिष्ठ कलाकार हरिवंश आचार्यकाे नयाँ गीत

भाइबहिनहरु, वरिष्ठ कलाकार हरिवंश आचार्य अहिले गीत रचना, संगीत र गायनमा सक्रिय हुनुहुन्छ ।  उहाँले एक पछि अर्को गीत सार्वजनिक गरिरहनुभएकाे छ।  जनचेतनामूलक सृजनालाई सबै दर्शकमाझमा पुर्याउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ।  

‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।

CONTINUE READING