झोला चलचित्रको समीक्षा
झोला चलचित्रले सन् १९१३ तिरको ग्रामीण नेपाली समाजका यथार्थ घटनाहरुलाई अभिव्यक्त गरेको छ । प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले कथा झोलालाई यो चलचित्रले विषयवस्तुको मूल आधार बनाएको छ । यस चलचित्रले तत्कालीन समाजमा घट्ने घटनाहरुको सङ्केत गरेको छ । यथार्थको धरातलबाट उठेर विकसित हुँदै यसको कथानक समाजलाई हुनुपर्ने आदर्शको विषयमा आधारित रहेको छ ।
मुरारी बूढा, उनकी कान्छी श्रीमती, घनश्याम कथाका मुख्य पात्र हुन् । कथाको विषयवस्तु मुरारीको बिरामी अवस्थाबाट सुरु हुन्छ ।