टोंगा टापुमा राहत सामग्री पुग्यो

प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापुमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना टोंगाकै स्थानीय रहेका छन् भने एक जना बेलायती नागरिक रहेको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण त्यहाँको मुख्य विमानस्थलमा क्षति पुगेपछि पानी जहानबाट उद्दार टोली र राहत सामग्री पुर्‍याइएको छ । क्षतिग्रस्त टोंगाको मुख्य विमानस्थलमा ज्वालामुखी विष्फोटका कारण जम्मा भएको खरानी सहितको भग्नावेश पन्छाउने काम भइरहेको छ ।

CONTINUE READING

भारतमा अझै पाएनन् १२ देखि १४ वर्षका बालबालिकाले कोभिड खोप

भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२–१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभिड–१९ खोप सम्बन्धी हालसम्म कुनै निर्णय लिइ नसकिएको जनाएको छ । भारतले १५–१८ वर्षको उमेर समूहमा कोभाक्सिन खोपको ३.५ करोडभन्दा बढी पहिलो मात्रा समावेश गरेको हुनाले यस उमेर समूहका लागि खोप अभियानको पहिलो चरण यस महिनाको अन्तसम्म पूरा हुने आशा गरिएको छ ।
तर, १२–१४ वर्ष उमेर समूहका बालबालिकाको खोप कहिलेदेखि लगाउने भन्नेबारे भने कुनै आधिकारिक निर्णय भइसकेको छैन । विज्ञहरुका अनुसार १५–१८ वर्ष उमेर समूहका किशोर किशोरीहरू खोप प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन् ।

CONTINUE READING

अमेरिका र क्यानडामा हिमआँधी

अमेरिका र क्यानडाका केही भागमा उच्च हिमपात सहितको हिमआँधी नै आउन सक्ने भन्दै नागरिकहरुलाई चेतावनी दिइएको छ । बाक्लो हिमपातका कारण अमेरिका र क्यानडाका दक्षिण पूर्वी राज्यहरुमा हजारौं उडानहरु रद्द गरिएका छन् । कयौं घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । अमेरिकाका भर्जिनिया, उत्तरी र दक्षिणी क्यारोलिना राज्यले संकटकालको घोषणा गरेका छन् । हिमपात र हिमआँधीबाट अमेरिकाका पूर्वी राज्यहरु विगत दुई दिनदेखि बढी प्रभावित भएका छन् । हिमपात र हिमआँधीले न्युयोर्क शहर र कनेक्टिकट राज्यका केही भागहरु सडक र अन्य पूर्वाधारमा समेत असर गर्न सक्ने भन्दै सचेत गराइएको छ ।

CONTINUE READING

फ्रान्समा प्रतिबन्धको विरोधमा प्रदर्शन

फ्रान्समा कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिहरू माथि लगाइएको प्रतिबन्धको विरुद्ध व्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँ विरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन् । आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन् ।

CONTINUE READING

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

रिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।शुक्रबारसम्मको तथ्यांकमा चीनका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याको करिब ९० प्रतिशत हुन आउँछ ।
शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिनुभयो । शनिबार पत्रकार सम्मेलनमा उहाँले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताउनुभएको हो ।

CONTINUE READING

दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रहेको पाइएको छ । समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ । वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धानले जनाए अनुसार आइतबार बिहान जनाए अनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

CONTINUE READING

प्रशान्त महासागर भित्र ज्वालामुखी विष्फोट

प्रशान्त महासागर भित्र ज्वालामुखी विष्फोट हुँदा सुनामीको खतरा बढेसँगै अमेरिका र जापानले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । प्रशान्त महासागरको टोंगा नजिकै ज्वालामुखी विष्फोट भएको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण तटीय क्षेत्रमा दशकयताकै विशाल सुनामी आउने संकेत देखिएको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

CONTINUE READING

ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप

ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको छ । खोप अभियान शुरु भएको ब्राजिलका अधिकारीलाई उद्धृत गर्दै ब्राजिलियाली सञ्चार माध्यम सिएनएन ब्रासिलले जनाएको छ । ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो ।
डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।

CONTINUE READING

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्ति मार्फत् देशका वाणिज्य बैंकहरूबाट एटिएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको खामा प्रेसले उल्लेख गरेको छ । सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटिएम सेवाहरू बन्द भएका थिए ।

CONTINUE READING

स्वीडेनका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट सङ्क्रमित

स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको  उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
पार्टीका नेताहरुसँगको बैठकपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उहाँले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।

CONTINUE READING