विश्वमै कोभिड संक्रमणको आँधी आउने संकेत : डब्लुएचओ

कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टले संयुक्त रुपमा संक्रमणको आँधी नै ल्याउँने संकेत गरेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम ग्याब्रिएससले बताउनु भएको छ ।
अमेरिका र युरोपेली देशहरुमा बढ्दो संक्रमणको तथ्यांकलाई हेरेर डब्लुएचओ प्रमुखको सो भनाई आएको हो । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ४ लाख ३८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

CONTINUE READING

दक्षिण कोरियामा जनसंख्या घट्यो

क्षिण कोरियामा जन्म दर निरन्तर रुपमा घटिरहेको छ । गत अक्टोबरसम्मको तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता बढाएको छ ।

CONTINUE READING

भारतको राजधानी नयाँ दिल्लीमा निरन्तर रुपमा संक्रमण बढेपछि उच्च सावधानी अपनाउन आग्रह

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न थालेपछि प्रशासनले उच्च सावधानी अपनाउन नागरिकसँग आग्रह गरेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण बढेको पाइएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको हो । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।

CONTINUE READING

फ्रान्समा कोरोनाको दैनिक संक्रमण युरोपकै सबैभन्दा उच्च

फ्रान्समा कोरोनाको दैनिक संक्रमण युरोपकै सबैभन्दा उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा मात्रै फ्रान्समा १ लाख ८० को हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

CONTINUE READING

इजरायलमा ५५ देशको यात्रा प्रतिबन्ध हट्यो

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।

CONTINUE READING

शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै चीनको शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाई ८३१ किलोमिटर पुग्ने छ ।

CONTINUE READING

अमेरिकामा ‘आइसोलेसन’ को समय पाँच दिन

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’ को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षण विहीन संक्रमितका लागि आइसोलेसनको समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो ।

CONTINUE READING

दिल्लीमा लगाए सत प्रतिशतले कोभिड विरूद्धको खोप

भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड विरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनु भएको छ ।

CONTINUE READING

रुसले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने

रुसले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको छ । मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गरिएको हो ।

CONTINUE READING

अमेरिका/युरोपमा क्रिसमस उडान रद्द

क्रिसमसको समय विदा मनाउन निस्किएका दशौं लाख यात्रुहरु कोरोनाका कारण लगाइएको कडा प्रतिबन्ध र उडान अवरुद्धले प्रभावित भएका छन् । बढ्दो संक्रमणका कारण क्रिसमसकै समयमा संसारभर हजारौं उडान रद्द गरिएको उडान सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।

CONTINUE READING