ओमिक्रोनले एकबाट १० जनामा सङ्क्रमण सार्ने

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहनुभएका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा. जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताउनुभयो । उहाँका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।
सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो”, उहाँले भन्नुभयो, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो द्रूत गतिमा फैलिन्छ ।

CONTINUE READING

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन, २९ पुस (रासस)/ कोरोनाको तेस्रो लहर सुरु हुँदा समेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाएका छैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोरोना विरुद्धको खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ ।
त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् ।

CONTINUE READING

विदेशमा अध्ययनरत विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग

मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेसन नेपाल’मार्फत सहयोग गरेका हुन् । विद्यार्थीले फाउण्डेसन मार्फत तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो ।

CONTINUE READING

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सुरु

कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन कार्यविधिअनुसार १८ बुँदे निर्देशन जारी गरेको छ ।  कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न स्मार्ट लकडाउन गरिएको हो ।

CONTINUE READING

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए खोप

भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियान अन्तर्गत् १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो ।

CONTINUE READING

माघ १५ सम्म विद्यालय बन्द

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीसीको सिफारिस कार्यान्वयन गर्दै  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयमा हिजो बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले  विज्ञप्ति मार्फत् जानकारी दिनुभएको छ ।

CONTINUE READING

उपत्यकामा बालबालिकालाई खोप

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु हुन लागेको छ । देशका कतिपय जिल्लाम यसअघि नै बालबालिकाका लागि खोप लगाउन शुरु भैसकेको छ । आजबाट काठमाण्डौँ उपत्यकाका तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरेर १२ देखी १७ बर्ष उमेर समूहका बालबालिकाकाहरुका लागि खोप अभियान संचालन हुन लागेको हो । काठमाण्डौ, ललिपुर र भक्तपुरमा फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

CONTINUE READING

आज ३०० औँ पृथ्वी जयन्ती

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको शुरुवात गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

CONTINUE READING

बढ्दो कोरोना सङ्क्रमणका कारण ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुष २७ गते देखि माघ १६ सम्म गर्ने तय भएको ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ।
झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको हो।

CONTINUE READING

केटाकेटी अनलाइन वर्षका उत्कृष्ट लेखक पुरस्कार देउजालाई र कान्छा स्रष्टा पुरस्कार श्रेष्ठलाई प्रदान गरिने

केटाकेटी अनलाइन युट्युब च्यानलमा वर्षका सबैभन्दा बढी हेरिएको लेखक पुरस्कार साहित्यकार सुशीला देउजालाई र कान्छा स्रष्टा पुरस्कार कान्छी चित्रकार आश्रिति श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
लेखकलाई नगद रु ९ हजार ९ सय ९९ र ताम्रपत्रसहित पुरस्कृत गर्न सुरु गरेको यो पहिलो वर्ष हो ।

CONTINUE READING