रिजेन्ट स्कुलको ११ औँ वार्षिक उत्सवमा सजिएको नेपाल

विभिन्न क्षेत्र र समुदायका विविध भेषभूषामा सजिएका बालबालिकाहरुकाे प्रस्तुति हेर्दा लाग्थ्याे हिजाे फागुन १३ गते शनिवार रिजेन्ट स्कुलकाे उत्सवमा पूरै नेपाल देश सजिएकाे थियाे । नेपाल देशकाे सांस्कृतिक पहिचान बोलिरहेको थियाे । हो, यो भिडियो तिनै विविधता भित्र समेटिएकाे नेपाली एकताको साक्षी हो । जहाँ बालबालिकाहरुले फरकफरक भेषभूषामा फरकफरक विविध स्वादका नृत्यहरु प्रस्तुत गर्नुभएको थियाे ।

CONTINUE READING

डाक्टर सन्दुकले इसा अवार्ड पाउनुभयो

भाइबहिनीहरु, ‘हातमा बत्ती लिएकी केटी’ भनेर फ्लोरेन्स नाइटिंगेललाई विश्वभरिका मानिसहरुले चिने जस्तै आँखाको उपचार गरी ‘उज्यालो दिने डाक्टर’ को रुपमा परिचय बनाउनुभएका हाम्रो नेपाली डा. सन्दुक रुइतलाई सबैले सुपर हिरोका रुपमा चिन्छन् ।
हो, उहाँले नै यस वर्षको विश्व प्रसिद्ध पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली नेत्ररोग विशेषज्ञ डा. रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो।

CONTINUE READING

वीर अस्पतालमा बर्न वार्ड

आगलागी वा विभिन्न कारणले जलेका विरामीको उपचारका लागि वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले तीन महिना भित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो ।  
वि.सं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष आइसियु र शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ । अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने बताइएको छ ।

CONTINUE READING

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर सम्मानित

यस वर्षको युद्धप्रसाद स्मृति पुरस्कार वरिष्ठ बालसाहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानने आयोजना गरेको ३३औ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
साहित्यकार मानन्धरलाई ३१ हजार नगदसहित सो पुरस्कार प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा प्रगतिवादी गणतन्त्रवादी कवि युद्ध्रप्रसाद मिश्रले पञ्चायती तानाशाही व्यवस्थामा पनि कविताको माध्यमबाट गणतन्त्र ल्याउनुपर्छ भनी नेतृत्व गर्नुभएको कुरा बताइएको थियो ।

CONTINUE READING

हाम्रो नेपाली सेनाले मादल बजाएर विश्व रेकर्ड बनायो

हाम्रो नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा २०७९ फागुन ६ गते सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्ड्सका नेपाल प्रतिनिधिले हस्तान्तरण गर्नुभयो ।

CONTINUE READING

चर्चाको शिखरमा बालिका

उत्तर कोरियाली नेता किम जङ उनसँगै देखिएकी बालिका संसारभरि चर्चाको शिखरमा छिन् । यी बालिका उत्तर कोरियाका शक्तिशाली नेता किम जङ उनकी छोरी हुन् । उनी एक सातामा दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी हुन् । सार्वजनिक रुपमा बिरलै मात्रै नेता किमका परिवारका सदस्य देखिने गरेका छन् । त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमान गरिएको छ ।

CONTINUE READING

हेटौँडामा तेस्रो बाल कला–साहित्य महोत्सव

नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनको आयोजनामा आगामी माघ २७ र २८ गते नवोदय प्राङ्गणमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक, वृत्तचित्र निर्देशक समिना मिश्र, बाल साहित्यकार अनुराधा र नाटककार अशेष मल्ल सहभागी हुनुहुने भएको छ ।

CONTINUE READING

सुदेशा स्कुलमा ‘सम्पदा दर्शन’

ललितपुर नख्खुदोबाटोस्थित सुदेशा स्कुलमा ‘सम्पदा दर्शन’ भाग १ र २ पढाउन सुरु गरिएको छ । ‘सम्पदा दर्शन’ लेखक सुशीला देउजाद्वारा लिखित चर्चित बालनियात्राकृति हो । ‘सम्पदा दर्शन’ भाग १ मा विश्वसम्पदा सूचीमा रहेका नेपालका सम्पदा क्षेत्रहरु र भाग २ मा सात प्रदेशका सात वटा सम्पदा क्षेत्रहरु भ्रमणको अनुभूति समेटिएको छ ।
सरल भाषा र संवादमय रोचक शैलीमा तयार गरिएका यी दुवै कृति कक्षा ५ र ६ मा अध्ययनरत बालबालिकाहरुका लागि सन्दर्भ पाठ्यसामग्रीका रुपमा छनोट गरी पढाउन सुरु गरिएकाे प्रिन्सिपल वीरङ्गना महर्जनले बताउनुभयो ।

CONTINUE READING

‘विद्यार्थी जीवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हाे’: सीएनएन हिराे अनुराधा काेइराला

भाइबहिनीहरु, याे भनाइ सीएनएन हिराे अनुराधा काेइरालाकाे हाे । २०७२ सालमा स्थापित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले विगत वर्षहरूदेखि नै राष्ट्रिय ख्याति कमाएका महिला व्यक्तित्वहरू र महिलासँग सम्बन्धित रहेर कार्य गर्दै आएकाे सामाजिक संस्थालाई नगदसहित सम्मान गर्दै आएकोमा यस वर्ष २०७९ काे कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्यका क्रममा सीएनएन हिराे एवम् माइती नेपालका अध्यक्ष अनुराधा काेइरालाले याे विचार व्यक्त गर्नुभएकाे हाे ।

CONTINUE READING

महान् फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो ।

CONTINUE READING