अब रुसमा फेसबुक हेर्न नपाइने

युक्रेनविरुद्ध युद्ध गरिरहेको रुसले फेसबुक माथि प्रतिबन्ध लगाएको छ । रुसको संचार सम्बन्धी नियमनकारी निकायले रुसी मिडिया माथि लगाइएको प्रतिबन्धको प्रतिक्रियाका रुपमा फेसबुक माथि प्रतिबन्ध लगाइएको जनाइएको छ । सन् २०२० को अक्टोबर देखि नै फेसबुकले रुसी मिडिया माथि २६ प्रकारका विभेद गरेकाले प्रतिबन्ध लगाइएको जनाइएको छ । अब रुसमा फेसबुक हेर्न नपाइने भएकाे छ ।
सन् २०२० को अक्टोबर देखि नै फेसबुकले रुसी मिडिया माथि २६ प्रकारका विभेद गरेकाले प्रतिबन्ध लगाइएको हाे ।

CONTINUE READING

भियतनाममा अहिले सम्मकै उच्च संक्रमण

भियतनाममा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । भियतनामका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १८ हजार ७९० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा आठ हजार ४८९ ले बढी हो । देशभरिका ६२ ठाउँमा ती सङ्क्रमितहरू भेटिएका हुन् । ती मध्ये राजधानी हनोइमा मात्रै १८ हजार ६६१ जना भेटिएको मन्त्रालयले जनाएको छ ।

CONTINUE READING

रुसको आक्रमणपछि दस लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही सुरु गरेको सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी (UNHCR) ले जनाएको छ । आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् केवल सात दिनमा युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन बताउनु भएको छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ।

CONTINUE READING

नौ वर्षीय बालक साङ्लोमा बाँधिए

अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेपछि उनलाई साङ्लोले बाधेर राखिएको हो । आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको बुवा सेवुलालले बताए ।

CONTINUE READING

ग्याल्पो ल्होसार

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले  ग्याल्पो ल्होसार आज मनाउँदै छन् । यस वर्ष गाई वर्षबाट बाघ वर्षमा प्रवेश गरेको छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

CONTINUE READING

निर्वाचनमा बालबालिकाको प्रयोग विरुद्ध सिन्धुली घोषणापत्र

सिन्धुली जिल्लामा केही राजनीतिक दलले विद्यार्थीहरुलाई पार्टीकाे कार्यक्रमा संलग्न गराएको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएपश्चात उक्त जिल्लाका बालबालिका र किशोरकिशोरी भेला भई उक्त कुराको विरोध गर्दै आउँदो स्थानीय तह, प्रादेशिक र संघीयस्तरको निर्वाचनमा बालबालिकाको प्रयोग विरुद्ध सिन्धुली घोषणापत्र २०७८ तयार पारेका छन् ।

CONTINUE READING

तुलसीपुरमा जन्तीढुङ्गा हेर्नेको भिड

कुँदिएका जस्ता देखिन्छन्, हजारौँ ढुङ्गा छन्, जति हेर्‍यो उत्ति हेरौंहेरौं  लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ । कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ ।

CONTINUE READING

रुस-युक्रेन युद्ध :  शान्तिवार्ता असफल

रुस र युक्रेन बिच युद्ध सुरु भएको पाँचौ दिनमा हिजो भएको वार्ता निष्कर्षमा नपुगेपछि रुसले आक्रमण कायमै राखेको छ । रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनी राजधानी कीभतर्फ बढ्दै गरेको भूउपग्रह तस्वीरहरु सार्वजनिक भएका छन् । राजधानी किभमा फेरि रुसले हवाई आक्रमण गर्ने तयारी गरिरहेको खबर सहित शहरको बाहिरी भागमा साइरनहरु बज्न थालेकाले स्थिति थप नाजुक बनेको छ ।

CONTINUE READING

जापानद्वारा रुस र बेलारुस माथि प्रतिबन्ध लगाउने निर्णय

जापानले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को र रुस माथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । मस्कोले युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको केन्द्रीय बैंकसँगको व्यापार सीमित गर्ने जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताउनु भएको छ । युक्रेन माथि गरिएको आक्रमणमा बेलारुसको स्पष्ट संलग्नता देखिएकाले राष्ट्रपति लुकासेन्को, अन्य व्यक्ति तथा संस्थाहरू र निर्यात नियन्त्रण उपायहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रधानमन्त्री किशिदाले बताउनु भएको हो ।

CONTINUE READING

गाउँकाे विद्यालयमा प्रविधिमैत्री कक्षाकोठा

पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालय समेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षक स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ ।

CONTINUE READING