सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो । सो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।
जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ ।

CONTINUE READING

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो ।

CONTINUE READING

विश्वकै ज्येष्ठ पुरुषको निधन

विश्वका सबैभन्दा जेष्ठ पुरुष स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २ सय ११ दिन हुँदा उहाँ जीवितमध्ये विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना १ सय १३ औँ  जन्मदिन मनाउने तयारी गरिएको थियो । फेब्रुअरी ११ सन् १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मनु भएका गार्सिया ४ फिट ९ इन्च अग्लो हुनुहुन्थ्यो ।

CONTINUE READING

कोरोनाको निःशुल्क परीक्षण गर्न माग

राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागत भन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको जनाइएको छ ।

CONTINUE READING

ओमिक्रोन विरुद्ध रूसी खोप प्रभावकारी

रूसमा विकसित स्पुत्निक–भी खोप कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ । स्पुत्निक–भी खोपको निर्माता कम्पनी गामलेय रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मङ्गलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गर्नुभएको हो । गामालेयाका प्रमुखले यदि कुनै व्यक्तिले छ महिनामा स्पुत्निकको ‘लाइट बुस्टर’ मात्रा लिएमा यसको प्रभावकारिता शतप्रतिशत रहने तर यदि ‘लाइट बुस्टर’ खोप नलगाएमा पनि ५७ प्रतिशतसम्म प्रभावकारी रहने अनुसन्धानले देखाएको छ ।”

CONTINUE READING

टोंगा टापुमा राहत सामग्री पुग्यो

प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापुमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना टोंगाकै स्थानीय रहेका छन् भने एक जना बेलायती नागरिक रहेको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण त्यहाँको मुख्य विमानस्थलमा क्षति पुगेपछि पानी जहानबाट उद्दार टोली र राहत सामग्री पुर्‍याइएको छ । क्षतिग्रस्त टोंगाको मुख्य विमानस्थलमा ज्वालामुखी विष्फोटका कारण जम्मा भएको खरानी सहितको भग्नावेश पन्छाउने काम भइरहेको छ ।

CONTINUE READING

भारतमा अझै पाएनन् १२ देखि १४ वर्षका बालबालिकाले कोभिड खोप

भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२–१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभिड–१९ खोप सम्बन्धी हालसम्म कुनै निर्णय लिइ नसकिएको जनाएको छ । भारतले १५–१८ वर्षको उमेर समूहमा कोभाक्सिन खोपको ३.५ करोडभन्दा बढी पहिलो मात्रा समावेश गरेको हुनाले यस उमेर समूहका लागि खोप अभियानको पहिलो चरण यस महिनाको अन्तसम्म पूरा हुने आशा गरिएको छ ।
तर, १२–१४ वर्ष उमेर समूहका बालबालिकाको खोप कहिलेदेखि लगाउने भन्नेबारे भने कुनै आधिकारिक निर्णय भइसकेको छैन । विज्ञहरुका अनुसार १५–१८ वर्ष उमेर समूहका किशोर किशोरीहरू खोप प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन् ।

CONTINUE READING

हात्तीको त्रास, रातभर जाग्राम

बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् ।

CONTINUE READING

माघ महिनाभर सभा, भेला गर्न नपाइने

बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिक स्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन सहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी बनाउन मंगलबार मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बेग्लाबेग्लै आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् ।

CONTINUE READING

बालबालिकालाई न्यानो कपडा

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालय मार्फत् विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो ।

CONTINUE READING