टोपी दिवस मनाइँदै

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।

CONTINUE READING

रुकुमका ६ हजार बालबालिकालाई खोप

रुकुम पूर्वमा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका हुन् ।

CONTINUE READING

विश्वमै कोभिड संक्रमणको आँधी आउने संकेत : डब्लुएचओ

कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टले संयुक्त रुपमा संक्रमणको आँधी नै ल्याउँने संकेत गरेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम ग्याब्रिएससले बताउनु भएको छ ।
अमेरिका र युरोपेली देशहरुमा बढ्दो संक्रमणको तथ्यांकलाई हेरेर डब्लुएचओ प्रमुखको सो भनाई आएको हो । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ४ लाख ३८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

CONTINUE READING

१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ । भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिन बाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  

CONTINUE READING

बाजुरामा हिमपात, शिक्षण संस्था बन्द

हिमपातसँगै जिल्लामा जाडो बढेको हो । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ ।

CONTINUE READING

राजधानीमा केक मेला

राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला ।

CONTINUE READING

बिहीबार सार्वजनिक बिदा

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

CONTINUE READING

दक्षिण कोरियामा जनसंख्या घट्यो

क्षिण कोरियामा जन्म दर निरन्तर रुपमा घटिरहेको छ । गत अक्टोबरसम्मको तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता बढाएको छ ।

CONTINUE READING

भारतको राजधानी नयाँ दिल्लीमा निरन्तर रुपमा संक्रमण बढेपछि उच्च सावधानी अपनाउन आग्रह

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न थालेपछि प्रशासनले उच्च सावधानी अपनाउन नागरिकसँग आग्रह गरेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण बढेको पाइएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको हो । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।

CONTINUE READING