अमेरिकामा क्रिसमसमा ‌ओमिक्रोन बढ्ने सम्भावना

क्रिसमसका लागि बढ्दो घुमघाम र यात्राले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पूर्ण खोप लगाएकाहरुमा व्यापक रुपमा बढ्ने सम्भावना रहेको अमेरिकी संक्रामक रोग विशेषज्ञको भनाई छ ।

CONTINUE READING

बङ्लादेशमा कोरोना विरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बङ्लादेशमा आइतबारदेखि कोरोना भाइरस विरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

CONTINUE READING

पोर्चुगलमा बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन थालेको छ ।

CONTINUE READING

बन्दीपुरमा फनपार्क सञ्चालनमा

बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।
बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताउनुभयो ।

CONTINUE READING

मनकामना केबलकार चार दिन बन्द हुने

काठमाडौँ २०७८ पुस ४/ मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको हो ।

CONTINUE READING

बालविवाह मुक्त गाउँ घोषणा

डोटीको दिपायल सिलगढी नगरपालिका– ८ लडागडाको बेड गाँउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ ।

CONTINUE READING

काठमाडौँको तापक्रम यस वर्षकै कम

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

CONTINUE READING

आठ फिटको केराको घरी

केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका– १ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामो छ ।

CONTINUE READING

बडीखेलमा ५५ फिट अग्लो शिवको मूर्ति बनाइँदै

गोदावरी नगरपालिका– ४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको सहभागितामा बडीखेलमा भएको छलफलमा सो मूर्ति स्थापना गर्ने निर्णय गरेको हो ।

CONTINUE READING

१३५ वर्षको उमेरमा निधन

चीनको सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।

CONTINUE READING