भो अब शान्ति फैलाइदेऊ – कार्तिकेय घिमिरे

भो अब शान्ति फैलाइदेऊ
लौ अब अशान्ति हटाइदेऊ
धेरै लड्यौ एक अर्कामा
अब त हात मिलाइदेऊ

बुद्घ तिमी कहाँ छौ भन
हामी सबै तिमीलाई खोजिरहेका छौँ
कलिला छौँ बालक हामी
हातमा बन्दुक बोकिरहेका छौँ

CONTINUE READING

रामकाजी कोनेका ३ उत्कृष्ट मुक्तकहरु

वि.सं. २०११ वैशाख पूर्णिमाका दिन जन्मिनुभएका रामकाजी कोने सुपरिचित मुक्तककार हुनुहुन्छ । उहाँका ‘मुक्तक मेला’, ‘मुक्तक मन्त्र’ र ‘मुक्तक मोहिनी’ गरी तीनवटा मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
उहाँको ‘मुक्तक मोह’ नामक मुक्तक सङ्ग्रह ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तककार कृति हो ।
पेसाले पर्यटन व्यवसायी भए पनि लामो समयदेखि साहित्य र समाजसेवाका क्षेत्रमा सक्रिय सर्जक कोने नेपाल मुक्तक प्रतिष्ठान, पश्चिमाञ्चल विकास मञ्च र कोने कल्याण कोषका अध्यक्ष र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार हुनुहुन्छ ।

CONTINUE READING

कविता र म

लेख्न खोज्दा शब्द छुटे कलम म बोकिरहेँ
एउटा काटी अर्को लेख्दै परिश्रम गरिरहेँ
छन्द गद्य बुझ्दिन म, गल्ती भए माफ गर
पङ्क्ति एक लेख्न निम्ति घन्टौँसम्म साेची रहेँ

CONTINUE READING

किताब

विद्यार्थीको झोलाबाट लुकीलुकी हेर्छ
नयाँ नयाँ कुरा सिकाई आश्चर्यले घेर्छ
अनेक प्रश्न, जिज्ञासाको दिन्छ यो जवाफ
सधैँ मद्दत गर्ने साथी, नाम हो किताब

CONTINUE READING