शीतलहर सुरु भएपछि विद्यालय बन्द भयो

शीतलहर सुरु भएपछि पर्साको जीराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

CONTINUE READING

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल

रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

CONTINUE READING

कोरोनाविरुद्धको खोप विद्यालयमा नै लगाउन सुरु

डोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुरुवात गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिनुभयो ।

CONTINUE READING

हुम्लाका ९० प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाए

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

CONTINUE READING

बाजुरामा हिमपात, शिक्षण संस्था बन्द

हिमपातसँगै जिल्लामा जाडो बढेको हो । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ ।

CONTINUE READING

सैँतीस बालिकालाई छात्रवृत्ति

मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।

CONTINUE READING

विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर  छन्त्यालले रु एक लाख सहयोग गर्नुभएको छ ।

CONTINUE READING

बलेवाका ७४ विद्यार्थीलाई छात्रवृत्ति

बागलुङको बलेवा क्षेत्रका सबै विद्यालयका गरिब, जेहेन्दार र उत्कृष्ट ७४  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । धौलागिरि छात्रवृत्ति अक्षयकोष प्रतिष्ठान, बलेवाले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।

CONTINUE READING

समृद्धि पोखरेल प्रथम

काठमाडौँ, २०७८ पुस १२/ प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ पौष ११ का अवसरमा राष्ट्रपति भवनमा प्रथम राष्ट्रिय भवनमा ज्येष्ठ नागरिक अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा समाज कल्याण परिषद्, राष्ट्रिय जेष्ठ नागरिक कोषद्वारा आयोजित देशव्यापी कविता प्रतियोगितामा भ्याली पब्लिक स्कुलकी कक्षा ९ की  प्रतिभाशाली छात्रा समृद्धि पोखरेल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत हुनुभएको छ । उहाँले पदकका साथमा नगद ८ हजार पनि पुरस्कारमा प्राप्त गर्नुभएको थियो ।

CONTINUE READING

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण पढाई हुने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायणका विषय पढाई  हुने  भएको छ । बालबालिकाका लागि पढ्न सजिलो हुने गरी ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।

CONTINUE READING