यस वर्ष १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाए

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले एउटा कानुन कार्यान्वयनले यो वर्ष १८ हजार ४ सय २२ जना विद्यार्थीले छात्रवृत्ति पाएकाे र आफूले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । । सामाजिक सन्जालमा उहाँले राख्नुभएका स्टाटस यस्ताे छ :
गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो ।

CONTINUE READING

विद्यार्थी बोक्ने गाडीको गति सीमित गर्न गृह मन्त्रालयको पत्राचार

स्कुले विद्यार्थी बालबालिका बोक्ने गाडी सवारी साधनको गति सीमित गरी गति निर्धारणका लागि गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका सवारी साधनका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम बढी हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो  देखाउनु भएपछि गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरेको हो ।

CONTINUE READING

कक्षा १२ को परीक्षा

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

CONTINUE READING

भर्ना अभियान सफल बनाउन प्रधानमन्त्री प्रचण्डकाे आव्हान

शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान वैशाख २ गतेबाट शुरु भएको छ । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने सङ्कल्पका साथ भर्ना अभियानको शुभारम्भ गरिएको हो ।

CONTINUE READING

चन्द्रागिरीका सामुदायिक विद्यालयमा बालविकास कक्ष

चन्द्रागिरी नगरपालिकाले आफू मातहतका सबै सामुदायिक विद्यालयमा बालविकास कक्ष अनिवार्य गरेको छ । आगामी वैशाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन् । विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाइका लागि आवश्यक सामग्री (खेलकुद, पाठ्यपुस्तक, स्मार्ट डिजिलट बोर्ड आदि) रहनेछन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये यही महिनाभित्र २३ विद्यालयमा ‘बालविकास कक्ष सबलीकरण’ भइसक्ने छन् ।

CONTINUE READING

विद्यालको नाम नेपालीपन झल्किने हुनैपर्ने

काठमाडौं महानगरपालिकाभित्र संचालित संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ । त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ ।

CONTINUE READING

एसईई सुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा रहेकाे छ ।
आज चैत १५ देखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । एसईईलाई व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

CONTINUE READING

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजीमा मापदण्ड लागू गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए वमोजिम भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न/गराउन आग्रह गरेको छ ।

CONTINUE READING

एसईईको तयारी पुरा, यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र कायम नै रहने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी सकिएको जनाएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गते सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र कायम नै रहेको छ। गत वर्ष दुई हजार ३७ परीक्षा केन्द्र थिए । यस वर्ष २० वटा थपिएका छन् ।

CONTINUE READING

बालसाहित्य रत्न शान्तदासमा समर्पित नयाँ बालगीत

बालसाहित्य रत्न शान्तदासमा समर्पित नयाँ बालगीत सार्वजनिक भएको छ। ‘शान्तदास’ बोलको यस बालगीतमा शान्तदासको योगदानबारे चर्चा गरिएको छ । वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीले रचना गर्नुभएको यस बालगीतमा सुविन सेन्चुरीको संगीत र सुप्रिम मल्लको स्वर रहेको छ। कोरसमा अन्य बालकलाकारले पनि साथ दिनुभएको छ ।

CONTINUE READING