नर्वेमा ५ वर्ष माथिका बालबालिकालाई खोप
नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन सिफारिस गरेका हुन् । नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।
CONTINUE READING
