महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै
सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले सूचना जारी गरी विद्यालय बन्द रहने जनाएको छ । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठन पाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउनुहुन्छ ।
CONTINUE READING
