दक्षिण कोरियामा ५-११ बर्षका बालबालिकालाई पनि कोरोना खोप

दक्षिण कोरियामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकलाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधि सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो । १२ वर्ष वा सोभन्दा बढी उमेरकालाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ ।

CONTINUE READING

भियतनामद्वारा २० देशमा हवाई उडान खुल्ला गरियाे

भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोना भाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा महामारी कम भएपछि पुनः संचालन गर्न लागिएको अधिकारीहरूले जनाएका हुन् । उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिका लगायतका रहेका छन् । भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि उडान खुल्ला नगरिएको जानकारी दिनुभयो ।

CONTINUE READING

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउने

बेलायतको राजधानी लण्डनमा रहेको हिलिङ्डन अस्पतालले आगामी फेब्रुअरी २५ मा दिन ‘नेपाल डे’ मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेल मार्फत् सो अस्पतालमा कार्यरत कर्मचारीलाई जानकारी गराएका हुन् । सो अस्पतालमा हाल ७८ देशका नागरिक विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ ।

CONTINUE READING

चर्चित लोकगायक जयनन्द लामा बित्नुभयो

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामा बित्नुभएको छ । उहाँको आज बिहान आफ्नै घरअगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिनुभयो ।
लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । बिहानैदेखि उहाँको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।

CONTINUE READING

 हाम्रो नेपाली सेना : निकुञ्ज सुरक्षादेखि हिमाल सफाईसम्म

भाइबहिनीहरु, नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमण सहित विभिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी १ सय १४ जना सैनिक जवानको मृत्यु भएको जानकारी दिइएकाे छ ।
रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट सेनाले जनशक्ति गुमाउनु परेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ ।

CONTINUE READING

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  झापाका ८८ विद्यालय छनाेट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल  १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

CONTINUE READING

चीनमा स्थानीय स्तरमै ४० जना कोभिड संक्रमित

चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार चीनका ग्वाङदोन, जान्सु, युनान लगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । चीनिया नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

CONTINUE READING

बेलायतको उत्तरी आइयरल्याण्डमा ‘युनिस’ आँधी आउने चेतावनी

बेलायतको उत्तरी आयरल्याण्डमा स्थानीय समय अनुसार शुक्रबार युनिस नामक आँधी आइपुग्ने भन्दै चेतावनी दिइएको छ । मौसमविद्हरुले हिमपात, बरफ र तीब्र गतिको हावाहुरी एक साथ आउन सक्ने भएकाले सुरक्षित स्थानमा रहन नागरिकहरुलाई चेतावनी दिएका हुन् । आयरल्याण्डका धेरैजसो काउन्टीहरुमा स्कुल तथा कलेजहरु बन्द गरिएका छन् । आयरल्याण्डका कोर्क, केरी, वाटरफोर्ड र क्येयर शहर आँधीको बढी खतरामा रहेको भन्दै सो क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ ।

CONTINUE READING

क्यानडामा एक महिना देखि प्रदर्शन जारी

कोरोना विरुद्धको खोप अनिवार्य गरिएको विरोधमा झण्डै एक महिनादेखि क्यानडाको राजधानी ओटावामा प्रदर्शन गरिरहेका ट्रक चालकहरुको अवरोध प्रहरीले छिट्टै हटाउने चेतावनी दिएको छ । ‌ओटावाको डाउन टाउनमा प्रदर्शनमा रहेका ट्रक चालकहरु माथि लामो समयसम्म सरकार नरम रुपमा प्रस्तुत भए पनि प्रदर्शनकारीहरु उग्र हुँदै आएपछि  प्रहरीले कडा कारवारी थाल्ने चेतावनी दिएको हो ।

CONTINUE READING

पाँचखालमा ‘स्मार्ट–सिटी’ निर्माण  गरिने

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि बीच स्मार्ट सिटी निर्माण लागि यसै साता सम्झौता गरिएको हो । समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म समेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय स्तरमा सफल अभ्यास अध्ययन–विश्लेषण सम्बन्धी कार्य गर्ने जनाइएको छ ।

CONTINUE READING