स्पेनी नरेशलाई कोभिड सङ्क्रमण

स्पेनका राजा फिलिप छैठौंलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ । उहाँलाई कोभिड सङ्क्रमण पुष्टि भए पनि सामान्य लक्षणहरू मात्र महशुस भएको बताइएको छ । सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४–वर्षीय राजाले मङ्गलबार कोभिड सङ्क्रमण परीक्षण गराउनुभएको थियो । उहाँ एक हप्तासम्म अलग्गै बस्नुहुने र यस अवधिमा आफ्नो आवासबाट ‘आफ्ना संस्थागत क्रियाकलापहरू’ गर्नुहुने बताइएको छ ।
स्पेनी नरेशले बुधबार नै म्याड्रिडमा बोस्नियाली राष्ट्रपतिका क्रोएसियाली प्रतिनिधि जेल्ज्को कोमसिकसँग भेटवार्ता गर्नुभएको थियो । राजा फिलिपले २०२१ मे महिनामा कोभिड–१९ विरूद्धको पहिलो मात्रा खोप लगाउनुभएको दरबारका अधिकारीले बताएका छन् ।

CONTINUE READING

डोटीमा सेताम्मे हिउँले पर्यटक तान्याे

डोटीमा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण यहाँका  डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडाले अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

CONTINUE READING

याक एण्ड यती सञ्चालनको इजाजत रद्द

काठमाडौँमा रहेको याक एण्ड यती होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै सो होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको  हो ।  

CONTINUE READING

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खुला हुने

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

CONTINUE READING

एसइई परीक्षा वैशाखमा हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकाे थियाे ।

CONTINUE READING

कोलम्बियामा पहिरोमा परी १४ जनाको मृत्यु

कोलम्बियामा भारी वर्षापछि गएको पहिरोमा परी १४ जनाको मृत्यु/३५ जना घाइते, एक जना बेपत्ता/पहिरो नरोकिएकाले सुरक्षित स्थानमा रहन नागरिकहरुलाई चेतावनी ।
कोलम्वियाको आवासीय क्षेत्रमा हिजो परेको भारी वर्षापछि पहिरो खस्दा १४ जनाको मृत्यु भएको छ । घटनामा ३५ जनाभन्दा बढी घाइते छन् भने एक जना बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण पेरिरा नगरपालिकाको रिसरल्दा क्षेत्र बढी प्रभावित भएको छ ।

CONTINUE READING

फ्रान्समा खोप लगाएका यात्रुले कोभिडपरीक्षण गर्नु नपर्ने

फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ । दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले बताउनुभएको हो ।

CONTINUE READING

सोमालियामा खडेरी ४३ लाख मानिस प्रभावित

सोमालियामा लामो समयदेखि खडेरी लागेका कारण खाद्यान्नको ठूलो संकट भएको छ । भोकमरीका कारण ठूलो संख्यामा नागरिकहरु प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो । यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ ।

CONTINUE READING

सुरक्षित इन्टरनेट दिवस : अनलाइनमा बाल सुरक्षा चुनौतीपूर्ण

‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराका साथ १९ औँ विश्व सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको आयोजना, नेटफोर गुड एलाइन्सको सहकार्य र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’ विषयक कार्यशालामा विभिन्न मन्त्रालय, निकाय र अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिले वर्तमान समयमा सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुन नसक्ने भए पनि यसबाट बालबालिकामा उत्पन्न हुन सक्ने असुरक्षाबारे अभिभावक र सम्बन्धित पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

CONTINUE READING

वर्षा भएपछि अलैँची खेती गर्ने किसान खुसी

ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । अलैँची खेतीमा संलग्न किसान सबैभन्दा बढी हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ ।

CONTINUE READING