मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु भएको छ । ३२ मिटर लामो साँघुरो इनारमा खसेका रायन नाम गरेका ती बालकको जीवितै उद्दारका लागि सरकारले चारदिन निरन्तर प्रयास गरेको थियो । तर उद्दारको दुःखद अन्त्य भएको छ । बालकलाई इनारबाट निकाल्दा घटनास्थलमा खुसीले चिच्याएको ठूलो भीड जब बालकको मृत्यु भइसकेको खबर बाहिरियो शोकमा बदलिएको थियो । बालकलाई उद्दारकर्ताहरुले शनिबार साँझ इनारबाट निकालेका थिए ।
बालकलाई इनारबाट निकाल्नु अघि घटना स्थलमा ठुलो भीड जम्मा भएको थियो ।

CONTINUE READING

उत्तर कोरियाकाे आणविक परीक्षणका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियाले हालै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका विषयमा छलफल गरिएको छ । गत आइतबार उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरेको हो । सुरक्षा परिषद्का केही सदस्यहरुले उत्तर कोरिया माथि लगातार क्षेप्यास्त्र परीक्षण गरेकोभन्दै कारवाही गर्नुपर्ने माग गरेका छन् । पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्र अमेरिकाको सीमा सम्ममा निसाना लगाउन सक्ने क्षमताको रहेको बताइएको छ ।

CONTINUE READING

स्याङ्जाको धार्मिकस्थल छाङ्छाङ्दी ओझेलमा पर्याे

अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर–घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ । स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको सीमामा अवस्थित ‘छाङ्छाङ्दी’ पौराणिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत् वालिङ र बयरघारीको बीचभागमा रहेको यो पवित्र धार्मिक तीर्थस्थलमा अपेक्षाकृतरुपमा भक्तजनहरु आउन नसक्नुको मुख्य कारण यसको प्रचार प्रसार अभाव रहेको स्थानीयको भनाई छ ।

CONTINUE READING

चौरासी पूजाको रकम असहाय विद्यार्थीका लागि खर्च गरिने

पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गम स्थित कालिका माध्यमिक विद्यालयमा एक स्थानीयले बुवाको चौरासी पूजाका लागि छुट्याएको रकमले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताउनुभयो ।

CONTINUE READING

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु भयाे

छिमेकी देश चीनमा बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्रपति सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस लगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरिक हुनुभएको छ ।

CONTINUE READING

खडेरीले तान्जानियामा तीन लाखभन्दा बढी जनावर मरे

पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले जनाएको छ । पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलन अनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरू मरेको जनाइएको छ ।

CONTINUE READING

द्वन्द्वको असरले युक्रेनी बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको युनिसेफको भनाइ

यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठुलो असर पारेको जनाएको छ । युद्ध भयो भने के हुन्छ होला ? त्यतिबेला आफूहरु कसरी बाँचिन्छ होला ? आफन्तहरुलाई केही भयो भने के गर्नेहोला ? भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको युनिसेफले उल्लेख गरेको छ ।

CONTINUE READING

विश्वकाे सर्वोच्च शिखर सगरमाथामा तीव्र गतिमा हिउँ पग्लियो

जलवायु परिवर्तनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको हिउँ पग्लिने क्रम अहिलेसम्मकै तीव्र भएको हालै गरिएको एक अध्ययनले देखाएको बिबिसीले जनाएको छ । माइन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले सगरमाथाको दक्षिणी मोहडामा विगत २५ वर्षमा ५४ मिटर हिउँको मोटाई घटेको तथ्य फेला पारेको छ । समुद्र सतहबाट ७ हजार ९ सय मिटरको उचाईमा रहेको ग्लासियर ८० गुना छिटो पातलिँदै गएको पनि अध्ययनले देखाएको छ ।

CONTINUE READING

स्वीडेनमा कोरोना संक्रमण घट्यो, प्रतिबन्ध हटाइने

स्वीडेनमा कोरोना भारइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि संक्रमण नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । कोरोनाको महामारी नियन्त्रणमा आउँदै गएको र खोप कार्यक्रम पनि प्रभावकारी रुपमा संचालन गरिएकाले आगामी फेब्रुअरी ९ देखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो । संक्रमण घट्न थालेसँगै युरोपका धेरै देशमा लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउन थालिएको छ ।

CONTINUE READING

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालक उद्दार गरिँदै

मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनमा मंगलबार साँझ ती बालक इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारकर्ताहरुले बालक खसेको इनार नजिकै त्यस्तै अर्को प्वाल बनाएर रायन नाम गरेका ती बालकसम्म पुग्ने प्रयास गरिरहेका छन् । उद्दार कार्यका लागि ५ वटा बुलडोजरको प्रयोग गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । इनार खन्ने काम तीब्र गतिमा भइरहेको बताइएको छ । साँघुरो इनार बनाउनु पर्ने भएकाले काम केही ढिलो भएको बताइएको छ ।

CONTINUE READING