गोर्खा फन्डले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना  गरिदिने

बेलायतको फोक्सटन नगरपालिकाका पूर्व काउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गर्नुभएको छ । मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उहाँ ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्नुहुन्छ । उहाँ बेलायतमा रहेर गठन गर्नुभएको गोर्खा मेमोरियल फन्डको अध्यक्ष हुनुहुन्छ ।

CONTINUE READING

कोभिडमाथि अझै जीत हासिल भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुने बताउनु भयो । “यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित भएर आएको छ ।”

CONTINUE READING

पुल बनेपछि बालबालिका खुसी

बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासीले बताएका छन् । हिउँदको समयमा समस्या नभए पनि वर्षात् समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उहाँको भनाइ छ ।

CONTINUE READING

विदेशमा रहेका युवाले एम्बुलेन्स सहयाेग गरे

रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हुन् । युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस् भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् ।

CONTINUE READING

श्रीलंकामा कोरोना संक्रमण उच्च : लकडाउन नगरिने

श्रीलंकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भए पनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले तत्काल लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।

CONTINUE READING

इक्वेडरमा भारी वर्षा

इक्वेडरमा २० वर्षकै सर्वाधिक भारी वर्षा भएपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । घटनामा परी अझै २० जनाभन्दा बढी हराइरहेका छन् भने ४७ जना घाइते छन् । भारी वर्षा पछि आएको बाढीले एउटा मनोरञ्जन स्थल र आठ वटा घरहरू डुबानमा परेका छन् ।
इक्वेडरको हिमाली क्षेत्रमा वर्षाको मात्रा अनुमान गरिए भन्दा झण्डै ४० गुणा बढी भएको मौसमविद्हरुले बताएका छन् । खोज तथा उद्दार टोली बाढीले पुरिएका घरहरुमा बेपत्ता भएकाहरुको खोजी कार्य गरिहरेको छ ।

CONTINUE READING

अमेरिकामा साना बालबालिकालाई पनि खोपको तयारी

फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र सो भन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका छन् । अमेरिकाले अहिलेसम्म कोरोना विरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई लगाएको छैन । द न्युयोर्क टाइम्स तथा अन्य सञ्चार माध्यमहरूका अनुसार पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने तयारी भइरहेको छ ।

CONTINUE READING

मरिससलाई नेपालले जित्याे

नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए । पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भयो ।

CONTINUE READING

शिक्षक अस्पताल भरतपुरमा बन्ने भयाे

मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ ।

CONTINUE READING

सोनाम ल्होसार अर्थात् नयाँ वर्ष

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइयाे । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

CONTINUE READING