विद्यालयका बालबालिकासँग लेखक

विद्यालयका बालबालिकासँग लेखक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
सफलता शिक्षा सदन स्कुलमा अध्ययनरत २५ जना बालबालिकाहरु सहभागी हुनुभएको यस कार्यक्रममा आदरणीय लेखक सुशीला देउजाज्यूले भर्खरै प्रकाशित आफ्नो बालनियात्राकृति ‘अमेरिका दर्शन’ लेखनको अनुभवबारे बोल्नुभएको थियो ।

CONTINUE READING

‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजा

सुशीला देउजा साहित्य लेखनमा समर्पित परिचित लेखक हुनुहुन्छ । उहाँका आठवटा बालसाहित्य कृति र अन्य कथा र लघुकथा गरी १४ वटा कृति प्रकाशित छन् । उहाँको ‘बाघ र बाबा’ कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो ।

CONTINUE READING

महान् फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो ।

CONTINUE READING

प्रदेशस्तरीय वक्तृत्वकलामा मदरल्याण्ड र नृत्यकलामा पारागन प्रथम

रास्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल, भक्तपुरकी प्रशंसा कार्की प्रथम र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुरकै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भई विजयी भएको छ ।

CONTINUE READING

भक्तपुरमा ‘स्टुडेण्ट बुक फेयर’ हुने

भक्तपुर बुक क्लवको आयोजनामा माघ ५, ६ र ७ गतेसम्म तीन दिने “स्टुडेण्ट बुक फेयर” थुसाचा (जगाति र च्याम्हासिंहको बिच) महेश्वरी बैंक्वेटमा हुने भएको छ ।

पठन संस्कृतिलाई बढावा दिने उद्देश्य बमोजिम स्थापित यस क्लबले मासिक रुपमा अन्तिम शुक्रबार पुस्तकसँग सम्बन्धित लेखक तथा पुस्तकको बारेमा पाठकबीच अन्तरसंवाद कार्यक्रम गर्दै आइरहेको छ ।

CONTINUE READING
प्रथम पुरस्कार प्राप्त टाेली

भक्तपुरमा लोकनृत्य प्रतियाेगिता

नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । नेशनल प्याब्सनका केन्द्रीय सह-कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागन एकेडेमी विजयी भएको छ । प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुँदा इडेन गार्डेन स्कुलको खलो नृत्य (माझी समुदायको पितृ उद्धार गर्ने) द्वितीय भएका थियो भने मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भएको थियो । त्यस्तै एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका थियो।

CONTINUE READING