‘सम्पदा दर्शन’ का लेखकसहित चार बालसाहित्य लेखक पुरस्कृत

बालसाहित्य प्रतिष्ठान नेपालबाट भाग १ र केटाकेटी मिडियाबाट भाग २ प्रकाशित लोकप्रिय कृति ‘सम्पदा दर्शन’ (बालनियात्रा) का लेखक सुशीला देउजा सहित चार जना अग्रज लेखकहरू नेबासास (नेपाल बालसाहित्य समाज) द्वारा पुरस्कृत हुनुहुने भएको छ ।

CONTINUE READING

निरञ्जन खत्रीको ‘दसैँ’ बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ

निरञ्जन खत्रीको ‘दसैँ’ किताब नेपाली बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ । यो फरक किसिमको शब्दविहीन किताब हो । यो किताब हाम्रो सांस्कृतिक पर्व दसैँको विषयमा तयार गरिएको छ ।
दसैँसँग सम्बन्धित १५ वटा विषयमा समेटिएको यस किताबमा पाठक बालबालिकालाई आफ्नो दसैँ मनाउँदाको समयको स्मरण गर्दै त्यो समयलाई स्मरण गर्न र त्यो भावमा रमाउन अपिल गर्नु यस किताबको सुन्दर पक्ष हो ।

CONTINUE READING

अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन

काठमाडौँ, भदौ ४/ आजबाट काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु हुने भएको छ । आज र भोलि दुई दिन चल्ने यस सम्मेलनमा भारत, कोरिया, बंगलादेश लगायत देशका ३१ जना बालसाहित्य सर्जक र अनुसन्धाताहरुले आआफ्नो अनुसन्धान पत्रहरु प्रस्तुत गर्नुहुने बताइएको छ ।नेपालमा पहिलो पटक आयोजना हुन गइरहेकाे यस महोत्सवले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउँदै नेपाली बालसाहित्यको […]

CONTINUE READING

‘यार्चा’ परिचर्चा कार्यक्रम सम्पन्न

किशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम शृङ्खला अन्तरगत फिनिक्स स्कुल सानेपाले अनन्त वाग्लेद्वारा लिखित ‘यार्चा’ पुस्तक माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा सातमा अध्ययनरत २१ जना विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र , यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुका साथै पुस्तकमा आधारित भएर आफूहरूले तयार […]

CONTINUE READING

लङ्गडाको साथी पढेपछि

अमू शाक्यकक्षा : १०, सिफल स्कुल, कालाेपुल, काठमाडाैँ । लैनसिंह बाङ्देलद्वारा रचित “लङ्गडाको साथी” सामाजिक र मानवतामा आधारित मौलिक उपन्यास हो । अझ विशिष्ट रूपमा भन्नुपर्दा पशुत्वमा आधारित कृति पनि भन्न सकिन्छ । यसको पहिलो प्रकाशन सन् १९५१ मा दार्जिलिङमा भएको थियो भने प्रचलित आठौंँ संस्करण सन् २०२३ मा प्रकाशित भएको हो । यो पुस्तकमा […]

CONTINUE READING

ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार पायाे

चन्द्रागिरि नगरपालिका, नैकापस्थित ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय प्राप्त गरेकाे छ ।

किन्डरवर्ल्डले पाठ्यक्रम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रिस्कुल इन नेपाल’ गरी दुई पुरस्कार प्राप्त गरेको विद्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो ।

CONTINUE READING

विद्यार्थीका सिर्जनाहरू

विद्यार्थीहरूले गरेका सिर्जनाहरू कहिल्यै नराम्रा हुँदैनन्। उनीहरूको सिर्जनशीलता र क्षमताले सधैं सकारात्मक रूपमा मूल्याङ्कन गरिनु पर्छ। कुनै पनि क्षेत्रमा विद्यार्थीहरूले आफ्नो विचार र कल्पनालाई प्रयोग गरेर तयार गरेका सिर्जनाहरू उनीहरूको बुझाइ र अनुभवको उपज हुन्छन्। यस्तो सिर्जनाहरू उत्कृष्ट हुनका साथै उनीहरूको व्यक्तिगत विकासका लागि पनि महत्त्वपूर्ण हुन्छन् । यो लेखमा, हामी विद्यार्थीका सिर्जनाहरूको महत्त्व, मूल्याङ्कन गर्ने तरिकाहरू, र उनीहरूलाई हतोत्साही नगर्नु पर्ने कारणहरूको चर्चा गर्नेछौं।

CONTINUE READING

एसइइ पुरक परीक्षा साउन २३ बाट सुरु हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । असार १६ गते राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

CONTINUE READING