जलवायु परिवर्तनकाे कारण महिला र बालबालिका प्रभावित

नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरुले प्रदान गर्ने १०० अर्ब डलरको प्रतिबद्धता पूरा गर्न समेत नेपालले अनुरोध गरेको छ ।

CONTINUE READING

होली – विद्याप्रसाद घिमिरे

हिन्दू पर्वहरूमध्ये हरेक वर्ष फागुन शुक्ल पूर्णिमा तिथिमा मनाइने होली महत्वपूर्ण पर्व हो । यो पर्व विशेषतः नेपाल र भारतमा उल्लासपूर्वक मनाइन्छ । वसन्त ऋतुमा पर्ने होलीमा रङ्को प्रचुर मात्रामा प्रयोग हुन्छ । विभिन्न रङ्हरू आपसमा दलेर र रङ्गिन पानी छ्यापेर मनाइने यो पर्व फागुन महिनाको पूर्णिमा तिथिमा पर्ने भएकाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ ।

CONTINUE READING

चितीले खेल्यो होली – कार्तिकेय घिमिरे

सागरनाथ नाम गरेको एउटा घना जङ्गल थियो । त्यो जङ्गलमा बाघ, भालु, चितुवा, बाँदर र अरु थुप्रै ठूला साना जनावरहरु बस्थे । ठूला जनावरहरु साना जनावरसँग बोल्न पनि रूचाउँदैनथे । त्यसैले त्यस जङ्गलका साना जनावरहरु आफूभन्दा ठूलाहरुको माया र स्नेह नपाउँदा असाध्यै दुःखी थिए ।

CONTINUE READING

वास्तविक जीवन र अनलाइन जीवन

प्रविधिका केही आविष्कारहरूले विश्वमा सकारात्मक परिवर्तन ल्याएको भए तापनि प्रविधिको अतिरिक्तप्रयोगको कारण हुने नकारात्मक प्रभावका प्रमाणहरू पनि छन्।सूचना आदानप्रदान र प्रमुख समस्याहरू समाधान गर्न सहयोग गर्नमा प्रविधिले महत्त्वपूर्ण प्रगति गरेको छ। दुर्भाग्यवश, यसले तनाव, एक्लोपन, शारीरिक रोगहरू, र निद्राको कमी पनि निम्त्याउन सक्छ।

CONTINUE READING

निर्वाचनमा बालबालिकाको प्रयोग विरुद्ध सिन्धुली घोषणापत्र

सिन्धुली जिल्लामा केही राजनीतिक दलले विद्यार्थीहरुलाई पार्टीकाे कार्यक्रमा संलग्न गराएको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएपश्चात उक्त जिल्लाका बालबालिका र किशोरकिशोरी भेला भई उक्त कुराको विरोध गर्दै आउँदो स्थानीय तह, प्रादेशिक र संघीयस्तरको निर्वाचनमा बालबालिकाको प्रयोग विरुद्ध सिन्धुली घोषणापत्र २०७८ तयार पारेका छन् ।

CONTINUE READING

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानी समस्या

पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जाने समेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानी समेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । यति लामो इतिहास बोकेको सो विद्यालयमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन ।

CONTINUE READING

 हाम्रो नेपाली सेना : निकुञ्ज सुरक्षादेखि हिमाल सफाईसम्म

भाइबहिनीहरु, नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमण सहित विभिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी १ सय १४ जना सैनिक जवानको मृत्यु भएको जानकारी दिइएकाे छ ।
रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट सेनाले जनशक्ति गुमाउनु परेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ ।

CONTINUE READING

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  झापाका ८८ विद्यालय छनाेट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल  १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

CONTINUE READING

मेलम्चीमा सय जनाभन्दा बढी गलैँचा बुन्ने बालश्रमिक

मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बाल मजदुर भेटिएका छन् । गलैचा बुन्ने कार्यमा १ सय जना बालिका र चार जना बालक रहेको पाइएको छ । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययन अनुसार गलैँचा बुनाई श्रममा संलग्न बाल श्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् ।

CONTINUE READING

विश्वकाे सर्वोच्च शिखर सगरमाथामा तीव्र गतिमा हिउँ पग्लियो

जलवायु परिवर्तनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको हिउँ पग्लिने क्रम अहिलेसम्मकै तीव्र भएको हालै गरिएको एक अध्ययनले देखाएको बिबिसीले जनाएको छ । माइन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले सगरमाथाको दक्षिणी मोहडामा विगत २५ वर्षमा ५४ मिटर हिउँको मोटाई घटेको तथ्य फेला पारेको छ । समुद्र सतहबाट ७ हजार ९ सय मिटरको उचाईमा रहेको ग्लासियर ८० गुना छिटो पातलिँदै गएको पनि अध्ययनले देखाएको छ ।

CONTINUE READING