तुलसीपुरमा घरैपिच्छे होम स्टे निर्माण

दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे होमस्टे निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताउनुभयो । यस क्षेत्रमा १० वटा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । अहिलेसम्म सात होमस्टे दर्ता गरिएको छ ।  वि.सं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् ।

CONTINUE READING

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आगामी महिनादेखि रेल चल्ने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा संचालन हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौदेखिको आफूहरुको सपना साकार हुने भयो भन्दै स्थानीय हर्षित भएका हुन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासी रेलसेवाबाट प्रत्यक्ष लाभाम्वित हुनेछन् ।

CONTINUE READING

मेलम्चीकाे तेर्से माध्यमिक विद्यालयलाई सहयोग

गत असार १ गते र त्यसपछिका दिनमा आएका बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई सहयोग गरिने भएको छ । अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

CONTINUE READING

अफगानिस्तानमा पढ्ने बानीको विकासका लागि पढ्ने प्रतिस्पर्धा

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना हालै राजधानी काबुलको फायाजी पुस्तकालयले गरेको थियो ।

CONTINUE READING

अमेरिकी सेनाको कारवाहीमा छ सिरियाली बालबालिकाकाे मृत्यु

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा चार महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन् । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ ।

CONTINUE READING

महामारीका कारण बन्द पश्चिम बंगालका विद्यालयहरू खुले

कोरोना भाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन् । कक्षा ८ देखि १२ सम्मको पढाइ बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन् ।
कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो ।

CONTINUE READING

जापानमा बाल दुव्र्यवहारको घटना बढ्याे

जापानमा सन् २०२१ मा दुई हजार १ सय ७० बाल दुव्र्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले बढी हो । कोरोना भाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)को बिहीबारको रिपोर्टमा जनाएको छ ।

CONTINUE READING

तान्जानियाको सभामुखमा महिला नेतृ निर्वाचित

तान्जानियाको सभामुखमा ४५ बर्षिया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालिन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । तत्कालिन सभामुखले सरकारमा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उहाँले राजिनामा दिनुभएको थियो । उहाँको ठाउँमा अक्सन निर्वाचित हुनु भएको हो । नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुनुहुन्छ ।

CONTINUE READING

रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाद्धारा युरोपमा थप सैन्य लडाकु तैनाथ

रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपमा थप सैन्य लडाकु पठाउनु भएको पेन्टागनले जनाएको छ । उत्तरी क्यारोलिनाको फोर्ट ब्रागबाट करिब २ हजार सेना पोल्याण्ड र जर्मनी पठाइएको छ । यसै गरी जर्मनीमा पहिले नै रहेका थप १ हजार सेना रोमानिया पठाइने छ ।

CONTINUE READING

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने  उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

CONTINUE READING