ब्राईट फ्यूचर माविले पायो ‘इन्टरनेशनल स्कुल अवार्ड’

काठमाडौँको ब्राईट फ्युचर माध्यमिक विद्यालयले ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेको छ । जिल्लाको पश्चिम भेगमा शैक्षिक धरोहरका रुपमा परिचित ब्राईट फ्युचर माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड २०२०-२०२३’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय रुपमा विद्यालयलाई उत्कृष्ट स्तरको मान्यता दिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेपछि विद्यालयमा खुसियाली छाएको संयोजक बुद्ध गौतमले बताउनु भयो। 

CONTINUE READING

डोटीमा कोरोना खोप लगाउने ५१ प्रतिशत

डोटीमा १८ वर्षभन्दा माथिका ५१ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार पहिलो डोज लगाउनेको संख्या ९३ हजार ८९ छ । ७२ हजार २५० जनाले दुवै डोज खोप लगाएका छन् । ४६ हजार ७५९ जनाले भेरोसेल र १५ हजार २२४ जनाले कोभिसिल्ड खोपको दुवै डोज लगाएका हुन् ।
४६ हजार ७५९ जनाले भेरोसेल र १५ हजार २२४ जनाले कोभिसिल्ड खोपको दुवै डोज लगाएका हुन् । यस्तै १० हजार २६७ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्क अधिकृत महेशप्रसाद बोहराले जानकारी दिनुभयो ।

CONTINUE READING

विश्वभरि नै कोरोना संक्रमण उच्च

विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिका र फ्रान्समा रहेका छन् ।
कोरोना महामारी शुरु भएदेखि नै सबैभन्दा प्रभावित रहेको अमेरिकामा हालसम्म पनि संक्रमण कायमै रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ४ लाख २८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

CONTINUE READING

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरण अनुसार भारतमा थप दुई लाख ८५ हजार ९ सय १४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

CONTINUE READING

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

सरकारले प्राथमिकताका साथ कोभिड-१९ विरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।

CONTINUE READING

सहिद सप्ताह औपचारिकतामा मात्रै

कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिक रूपमा मात्र मनाइएको छ । महामारीको प्रभावले यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षमा झैँ सहिद दिवस मनाइने छैन ।

CONTINUE READING

पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरियो

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २ सय २१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो । व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

CONTINUE READING

टर्कीमा हिमपात

टर्कीको राजधानी इस्तानबुलमा मंगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । देशको सबैभन्दा ठूलो सहर समेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधन सञ्चालन रोक लगाएको हो । मंगलबार विहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गर्नुभएको छ ।

CONTINUE READING

समवेदनामा दिइने ‘भेटी’ व्यवस्थापन गर्न समस्या

आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो । खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो ।

CONTINUE READING

बेलायतमा सबै प्रतिवन्ध फेब्रुअरी ११ देखि हटाइने

बेलायतमा कोरोना भाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सबै प्रतिवन्धात्मक व्यवस्था आगामी महिनादेखि हटाइने भएको छ ।  फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् । प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारत लगायतका देशबाट बेलायत प्रवेश गर्न पनि खुल्ला हुनेछ । तर ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।

CONTINUE READING