युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्यो

युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । युगान्डामा कोरोना महामारीका कारण विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द गरिएको थियो । लामो समयपछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । युगाण्डामा कोरोना भाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द गरिएको थियो । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो । विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् ।

CONTINUE READING

५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको विश्वमै पहिलोपटक हो । चिकित्स टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन् ।

CONTINUE READING

इजरायलमा कोरोना विरुद्धको चौथो खोप

इजरायलका दुई लाख ५० हजारभन्दा बढी मानिसलाई कोरोना भाइरस विरुद्धको चौथो खोप दिइएको छ । कोरोना विरुद्ध चौथो मात्रा खोप दिने इजराइल विश्वमै पहिलो मुलुक हो । कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरू देखिँदै थप तीव्रताका साथ फैलिन थालेपछि अतिरिक्त खोप लगाउने क्रममा इजरायलमा चौथो खोप लगाउन थालिएको हो ।
अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन् । केही दिन अगाडि सुरु भएको चौथो खोप लगाउने अभियान अन्तर्गत सुरुमा अग्रपङ्क्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरूलाई लगाउने गरिएको छ ।

CONTINUE READING

न्युयोर्कको एउटा आवासीय अपार्टमेन्टमा आगलागी

अमेरिकाको न्युयोर्कमा रहेको एउटा आवासीय अपार्टमेन्टमा आगलागी हुँदा ९ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको छ । घटनामा ६३ जना घाइते भएका छन् । गभ्भीर अवस्थामा रहेका ३२ जनालाई अस्पताल लगिएको छ ।
न्युयोर्कका मेयर एरिक आदम्सका अनुसार घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । अग्नी विभागका कमिस्नरका अनुसार घटना १९ तल्ले अपार्टमेन्टको ब्लकमा प्रत्येक तल्लामा लासहरु भेटिएको छ । धुवाँ भवनभरी फैलिएकाले स्थिति तनावपूर्ण रहेको बताइएको छ ।

CONTINUE READING

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

भारतमा संसद्मा कार्यरत ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म गरिएको परीक्षणको क्रममा सङ्क्रमण पुष्टि भएको हो । उनीहरु संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् ।
एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीन सिक्वेन्सिङमा पठाइएको छ । संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।

CONTINUE READING

विश्वभरि नै बढ्यो कोरोनाको संक्रमण : एसियामा भारत सबैभन्दा बढी प्रभावित

विश्वभरि नै कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । गत सातासम्म युरोप र अमेरिकामा सीमित रहेको संक्रमणको ग्राफ एसियाली र अफ्रिकी मुलुकहरुमा उकालो लागेको छ । कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ७ लाख २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
केही दिन अघि अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । संक्रमण मात्रै होइन अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर पनि उच्च छ । अमेरिकामा एकै दिनमा १६ सयभन्दा बढीको मृत्यु भएको छ । अन्य बढी प्रभावित मुलुकहरुमा युरोपका फ्रान्स, बेलायत, इटाली, स्पेन लगायतका मुलुक रहेका छन् ।

CONTINUE READING

इटालीबाट भारत आएका दुई वटा विमानका यात्रुहरुमा कोरोना संक्रमण

इटालीबाट भारत आएका दुई वटा विमानका यात्रुहरुमा अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरुले बताएका छन् । इटालीको रोमबाट भारतको अमृतसर आएको विमानमा रहेका कुल २ सय ८५ यात्रु मध्ये १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरी इटालीकै मिलानबाट अर्को दिन अमृतसर नै आएको विमानमा १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

CONTINUE READING

भारतमा विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन

भारतमा विदेशबाट आएका सबैले सात दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

CONTINUE READING

अफगानिस्तानमा वर्षा र हिमपातले जनधनको क्षति

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार घटनामा परी २३ जना घाइते भएका छन् । अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् ।

CONTINUE READING

भारतमा कोरोना भाइरसको संक्रमण व्यापक

विगत केही दिनदेखि कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । एक साता अघिसम्म पनि पाँच हजारभन्दा पनि कम रहेको दैनिक संक्रमण दर अहिले बढेर एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा १ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । केन्द्रीय राजधानी नयाँ दिल्ली र व्यापारिक राजधानी मुम्बईमा संक्रमितको संख्या व्यापक रुपमा बढिरहेको छ ।

CONTINUE READING