हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो ।

CONTINUE READING

मुक्त कम्लरीको पढाइलाई १५ लाख विनियोजन

दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको पठनपाठनमा समस्या हुने गरेको थियो । अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताउनुभयो । यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा […]

CONTINUE READING

अण्डा किन खानुपर्छ ?

सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनी धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् ।

CONTINUE READING

आज टोपी दिवस

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।

CONTINUE READING

बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित

मौसममा आएको खराबीका कारण आज विहानै देखि दिउसो १२ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरमा विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहानै देखि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुन सकेको छैन ।

CONTINUE READING

टोपी दिवस मनाइँदै

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।

CONTINUE READING

रुकुमका ६ हजार बालबालिकालाई खोप

रुकुम पूर्वमा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका हुन् ।

CONTINUE READING

१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ । भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिन बाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  

CONTINUE READING

बाजुरामा हिमपात, शिक्षण संस्था बन्द

हिमपातसँगै जिल्लामा जाडो बढेको हो । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ ।

CONTINUE READING