सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी

सामुदायिक विद्यालयमा अध्ययनसँगै कृषि कर्ममा लगाउने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यले एकातिर विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल हुँदै गएको छ भने अर्कोतिर पढाई खर्च पनि आफैं जुटाउन सहज भएको छ । केही पहाडी तथा तराईका जिल्लामा अध्ययन र कृषि कर्मलाई विद्यार्थीले सँगसँगै अघि बढाएका छन् । पाल्पाको रामपुरमा रहेको एक सामुदायिक विद्यालका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ५८ जना विद्यार्थीले पढाईसँगै तरकारी खेति गरेर कमाई समेत गरिरहेका छन् ।

CONTINUE READING

शान्ति सापकोटाको किशोर कथासंग्रह ‘मङ्की माइन्ड’ सार्वजनिक

कवि तथा बालसाहित्य लेखक शान्ति सापकोटाको नयाँ कथासंग्रह ‘मङ्की माइन्ड’ बजारमा आएको छ । साझा प्रकाशनबाट प्रकाशित उक्त कथासंग्रह शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

CONTINUE READING

रिजेन्ट इन्टर स्कुल फुटसल टुर्नामेन्ट सम्पन्न

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलको फुटसल मैदानमा रिजेन्ट इन्टरएक्ट फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गर्नुभएको कार्यक्रममा ७ वटा विद्यालयले भाग लिएका थिए । टुर्नामेन्टमा छात्र र छात्रा समूहबिच छुट्टाछुट्टै प्रतियोगिता गराइएको थियो ।

CONTINUE READING

फिनिक्स स्कुलमा ‘उडान’ परिचर्चा कार्यक्रम सम्पन्न

किशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम श्रृङ्खला दुई अन्तरगत फिनिक्स स्कुल सानेपाले विजय सापकोटाद्वारा लिखित ‘उडान’ (किशोर उपन्यास) माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत २० जना विद्यार्थी सहभागी हुनुभएको थियो । सहभागी विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र, यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुभएको थियो ।

CONTINUE READING

५९ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने राष्ट्रिय नाराका सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० विभिन्न कार्यक्रम आयोजना गरी भदौ २९ गते मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका मा. सभापति, श्री किरण कुमार साह विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

CONTINUE READING

कलिङ महोत्सवमा बालसाहित्य पुरस्कारमा छलिङ

यस वर्ष कलिङ्ग महोत्सवमा बालसाहित्य विधातर्फ प्रदान गरिएको नेपाल यशश्वी बुक अवार्डमा छलिङ (छलछाम, धाँधली) भएको सूचना प्राप्त भएको छ । बालसाहित्यको विश्वस्त स्रोतबाट यशस्वी प्रज्ञा प्रतिष्ठानबाट पुस्तक बुझाउन आव्हान गरेको सूचनासहित यस पटकको बालसाहित्य विधामा पुरस्कार वितरणमा धाँधली भएको भन्ने सामाचार स्रोतको दाबी अनुसार केटाकेटी अनलाइनले यस विषयमा अनुसन्धान गर्यो ।

CONTINUE READING

फिनिक्स स्कुल सानेपामा ‘उज्यालोको रङ’ अन्तरक्रिया

किशोर लक्षित उपन्यास ‘उज्यालोको रङ’ माथि फिनिक्स स्कुल सानेपामा लेखकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त स्कुलमा अध्ययनरत कक्षा ८ का विद्यार्थी र लेखक जानुका खतिवडाबिच अन्तरक्रिया भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले किताबको विषयवस्तु ,पात्र, मनपर्ने अंश, भाषाशैली आदिबारे पठन अनुभव प्रस्तुत गर्नुका साथै आफूहरुले परियोजना कार्यका रुपमा तयार पारेका विभिन्न नमुनाहरु प्रस्तुत गर्नुभएकाे थियाे । लेखक जानुका खतिवडाले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिनुका साथै आफ्नो लेखन अनुभव पनि सुनाउनुभएकाे थियाे ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा अमेरिकी लेखक जुली

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलमा विद्यालयका बालबालिकासँग लेखक(Meet the Author with School Children) कार्यक्रम अन्तर्गत आज अमेरिकी लेखक जुलीसँग भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अमेरिकी लेखक जुलीको पहिलो प्रकाशित कृति ‘साथी’ बारे चर्चा गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल नवराज सञ्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित बालनियात्राकृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले विशेष अतिथिका रूपमा बोल्दै ‘सम्पदा दर्शन’ कृतिलाई अत्यन्त मन पराइदिनुभएकोमा पाठकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलद्वारा प्रकाशित ‘चन्द्रमा’ पत्रिका विमोचित

अमेरिकी लेखक जुली र ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलद्धारा प्रकाशित बालसिर्जना पत्रिका ‘चन्द्रमा’ को विमोचन गर्नुभयो । रिजेन्ट स्कुलमा अध्ययनरत बालबालिकाको रचना समेटिएको यस पत्रिकाकाे यस अङ्कमा बालबालिकाद्वारा रचना गरिएका कथाहरू समावेश गरिएका छन् । ‘चन्द्रमा’ पत्रिकाकाे यो पहिलो अङ्कमा अङ्ग्रेजी खण्डमा ३० जना र नेपाली खण्डमा २३ जना गरी ५३ जना बालबालिकाका ५३ कथाहरू समेटिएका छन् ।

CONTINUE READING

केटाकेटी अनलाइन कान्छा चित्रकार र वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कृत

आज स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुल, सानो भर्‍याङ, काठमाडौँको प्राङ्गणमा केटाकेटी अनलाइन वर्षका कान्छा चित्रकार पुरस्कार कलाकार आश्रिति श्रेष्ठलाई र केटाकेटी अनलाइन वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार २०२१ सर्जक सुशीला देउजालाई प्रदान गरिएको छ ।
स्वस्तीश्री स्कुलका निर्देशक मीना महर्जनको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा आश्रिति श्रेष्ठलाई नगद रु पन्ध्र हजार र सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो ।

CONTINUE READING