बालअधिकार

कविता साहित्य
  • किरान कुँवर | चित्र : अर्पिता शाक्य

बाल अधिकार भनेको पढ्न लेख्न पाउनु हो
फोहोरको थुप्रोसंग होइन
बालअधिकार भनेको आवाज उठाउनु हो
हतियार समाई लड्नु होइन ।

कोही भन्छन् हतियार लिई लड्नु नै बाल अधिकार
कोही भन्छन् कापी, कलम लिई पढ्नु नै बाल अधिकार ।

नेताले भन्छन् बालअधिकार चाहियो भनि भाषण
तर आपैmले गरेको थाहा छैन वाल शोषण ।

कोही फोहोरको थुप्रोसंग खेलेका छन्
कोही हतियारको साथ लिई लडेका छन् ।

के यो बाल अधिकार हो !
होइन यो बाल अनाधिकार हो ।

सवैले बालबालिकालाई खेलौना सम्झेका छन्
बालबालिका द्वन्दको चपेटामा परेका छन् ।

कोही बालबालिका गल्लि गल्लिमा धाइरहेका छन्
कोही बालबालिका फोहोरको थुप्रोसंग खेलिरहेका छन् ।

के यो बाल अधिकार हो !
होइन यो बाल अनाधिकार हो ।

मनमा लागेका कुराहरु व्यक्त गर्नु
पढेर लेखेर ठूलो मान्छे बन्नु
ज्ञानी वनी देशको सेवा गर्नु
नाम कमाई असल साथि बन्नु ।

यि नै हुन् बाल अधिकारका कुराहरु
हामी पनि वन्नु पर्छ वैज्ञानिकहरु

कोही अधिकार नपाई गल्लि गल्लि धाइरहेका छन्
कोहि अधिकार पाई आप्mनो अधिकार गुमाइरहेका छन् ।

आप्mनो अधिकार पाउनेहरु भाग्यमानी ठानिरहेका छन्
अधिकार नपाउनेहरु मरेतुल्य सम्झिरहेका छन् ।

अधिकार पाउनेहरु देशको सेवा गर्नमा जुटेका छन्
अधिकार नपाउनेहरु वौलाइ कुकुर भैm डुलिरहेका छन् ।

अधिकार नै भन्छन् सवै थोक
अधिकारले वनाइ सकेको छ ज्ञानको भोक ।

अधिकार नपाउनेहरु अधिकार खोज्दैछन्
अधिकार पाउनेहरु अधिकार सवै थोक टानिसकेका छन् ।

खेल्न लेख्न पढ्न पाउनु बाल अधिकार
कसैले पाएका छैन ति बाल अधिकार ।

दुःख सहेर बसिरहेका छन् बालबालिका
सवै वालवालिका गल्लि गल्लि वनजङ्गग धाएका ।

अव सवैले पाउनु पर्छ बाल अधिकार
कसैले गुमाउनु हुदैन आफूले पाएको अधिकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *