उदाउँदा तारा एउटा राम्रो प्रयास

Featured मैले पढेको किताब

धादिङ जिल्लाका २५ जना बालप्रतिभाहरुको कविता समेटिएको उदाउँदा तारा नामक बालकविताकृति प्रकाशित भएको छ । धादिङ जिल्लाका ६२ विद्यालयका १ सय ७२ बालबालिकाहरुले भाग लिएको जिल्लाव्यापि प्रतियोगिताबाट छनोट गरी पुरस्कृत २५ वटा कविता यस संग्रहमा समेटिएको छ ।

यस कृतिलाई साहित्यकारहरु नवीन बन्धु पहाडी, महेश पौड्याल प्रारभ्भ र गणेश ढुङ्गानाले सम्पादन गरेका छन् । शान्तिको लागि सेवा नेपाल नामक संस्थाद्घारा प्रकाशित यस कृतिमा उत्कृष्ट कभर तयार गर्ने काम इश्वरकुमार श्रेष्ठले गरेका छन् । साथै प्रकाशन संयोजनको जिम्मेवारी युवा संजाल धादिङले बहन गरेको छ ।
वास्तवमा पिछडिएका भेगका बालबालिकाहरुलाई सिर्जनात्मक बनाउँन यो स्तुत्य प्रयास हो । यसले एकातिर ग्रामीण भेगका बालबालिकाहरुको आवाज समेटेको छ भने अर्कोतिर उनीहरुलाई साहित्य सिर्जनामा सक्रिय हुन पनि प्रेरित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *