अनुराधा कोइरालाको विचार

Highlights मलाई केही भन्नु छ

(अनुराधा कोइराला, सिएनएन हिरो, सन् २०१०)

अङ्ग्रेजी बोल्नु मात्र ठुलो कुरा होइन

म अनुशासनमा जोड दिन्छु । अङ्ग्रेजी बोल्नु मात्र ठुलो कुरा होइन । अनुशासित हुने ठुलो कुरा हो । त्यसैले अङ्ग्रेजी बोल्दै कम्तिमा व्यक्तिको उचाई नाप्न हुँदैन । जसले गर्दा बच्चा अनुशासित भयो भने राम्रो हुन्छ र ऊ सबै भाषा बोल्न सक्छ । अहिले देश लथालिङ्ग भइरहेको छ । त्यसैले सबैले अगुवा नेताहरू, समाजसेवी र सबैले अघि सरेर राम्रो काम गर्नुपर्छ ।

छोरीलाई स्कुल पठाउने कि नपठाउने ?

छोरीलाई १० कक्षाभन्दा माथि पढाउने कि नपढाउने भनी सोच्नु, छोरीलाई साथ नदिनु पनि अपराध हो । त्यसैले सबै बुवाआमा मिलेर यो अपराधलाई पनि रोक्नुपर्छ ।

बच्चाको हकमा १६ वर्षभन्दामुनिकालाई काममा लगाउनु भनेको दण्डनीय कार्य हो ।

अहिले काठमाडौँमा क्याविन, रेस्टुरेन्टहरूमा डान्सबारमा मिठो खान दिने, राम्रो लाउने लोभमा बालिकाहरू रोइरहेका छन् । तिनलाई त्यहाँबाट निकाल्नु अबको हाम्रो उद्देश्य हो । हामी त्यो अभियानमा अब डटेर लाग्छौँ । पैसै पायो भन्दैमा आफ्नो भविष्य डान्स, बार र क्याबिनमा बिताउनु पर्दैन । इज्जतसाथ बाँचौँ भन्न चाहन्छु ।

डान्स रेष्टुरेन्ट र क्याबिन रेष्टुरेन्टमा महर्जन थरको बहिनी हामीकहाँ आइन् । उनको दुईवटै स्तन डान्सबारमा काटिएको रहेछ । उनको जिउभरि चुरोटले पोलिएको रहेछ । त्यसैले हामीले यो ज्यादतीविरुद्ध लड्नुपर्छ । तपाईँलाई आमाबुवाले बेच्छन् भन्ने गलत भ्रम हामीले त्याग्नुपर्छ । दलालले तपाईँको छोरीलाई राम्रो जागिर दिन्छु भनी प्रलोभन देखाएर लैजाने हो । उहाँहरूलाई झुक्याएर लैजान्छन् । जनयुद्धको कारण खोटाङबाट काठमाडौँ आएका बहिनीहरूलाई दलालले विदेश पु¥याएछ । त्यसैले हामी सबै सचेत हुनुपर्छ । त्यसैले चेतनाका लागि चेलीबेटी बेचबिखनबारे पाठ्यपुस्तकमा धेरै कुरा राखिनुपर्छ । अहिले कक्षा ८ (आठ) मा एक अनुच्छेदमात्र राखिएको छ ।

यो संसारमा मानव बेच्ने काम तेस्रो ठुलो अपराध हो । पहिलो हत्याहिंसा, दोस्रो लागुपदार्थ दुव्र्यसनी र तेस्रो बेचबिखन हो ।
त्यसैले पुरुष साथीहरूले पनि आफ्नो आचरण परिवर्तन गर्नुपर्छ भनी आह्वान गर्न चाहन्छु ।
(मोडल सिर्जना बोर्डिङ स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथिको मन्तव्यका क्रममा समाजसेवी काेइरालाद्वारा व्यक्त विचारकाे सार)
प्रस्तुति : कार्तिकेय दाजु / Photo : Maiti Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *