मालश्रीका बारेमा प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ

Featured लेख-रचना विचार

श्लेष्मा क्षेत्रीको शोक संस्मरणात्मक कृति मालश्रीलाइ बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यस कृतिका बारेमा बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक अग्रज प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ :

मालश्री (राष्ट्रिय बालप्रतिभा २०६०) श्लेष्मा क्षेत्रीको शोक गद्य साहित्य हो । यो कृति उनले आफ्नी प्यारी साथी मालश्री (डा. ऋषि काफ्लेकी छोरी) को असामयिक निधन भएको शोकमा डुबेर तयार गरेकी छिन् । यस कृतिमा चौधवटा सस्मरणात्मक लेखहरु रहेका छन् । ती सबैमा आ-आफ्नै खालका फरक-फरक स्वादहरु रहेका छन् ।

यसअघि ‘मेरी हजुरआमा’ सम्झनाका कथाहरु लेखेर यात्रा र संस्मरणका क्षेत्रमा राम्रो प्रतिभा प्रस्तुत गरिसकेकी श्लेष्माको यो कृति पनि सुन्दर शैलीमा लेखिएको छ । श्लेष्माले यस कृतिमा कर्णालीमा र्याफ्टिङको दौरानमा डुंगा पल्टिएर मृत्युवरण गर्न पुगेकी साथी मालश्रीलाई आफूले सानो कक्षामा भेटेको बेलादेखि उनीसँग १२ कक्षासम्म पढ्दा बिताएका पलहरुको मार्मिक चित्रण गरेकी छिन् ।भावनाको गहिरो संवेगमा डुबुल्की मार्दै पाठकलाई पनि शब्द चित्रमय प्रस्तुतिका माध्यमले भावुक बनाउँन सक्नु नै श्लेष्माको लेखनीको खूबी हो । म उनको क्षमताको हार्दिक प्रशंसा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *