– सदीना सत्याल
वीर पुर्खा नेपालीका
सबै सपूत सन्तान हामी
शिरमा राखी सगरमाथा
सगर चुम्ने बानी
स्वार्थ र हठ त्यागी
मिल्नुपर्छ दाजुभाइ
मर्नुहुन्न हत्या हिंसा
फाइदा हुन्न हामीलाई
मुलुकलाई माया गरौँ
हाम्रो ‘शान’ राख्नलाई
कर्तव्यको बोध गरौँ,
स्वाभिमानी भै बाँच्नलाई
देशका सबल पहरेदार
देशकै रक्षा गर्नलाई
बुद्ध बनी जन् लियौँ
शान्तिको सन्देश छर्नलाई ।
कक्षा १० ‘ख’
तस्बिर : विकिपिडिया