२०७२ सालको भुइँचालो

कविता साहित्य

– अपेक्षा लुइटेल
बहत्तर साल बाह्र गते, आयो भुइँचालो
यो भुइँचालोले सबैलाई साह्रै डरायो

भुइँचालो भुइँचालो भन्थे सबै,
लाग्थ्यो के–के न होला
पछि आई थाहा भयो,
प्राकृतिक प्रकोप रहेछ एउटा

धेरैको ज्यान लियो, धेरैको घरबार
सानो–सानो धक्काहरु, आयो बारम्बार

घरहरु धेरै ढले, महलहरु पनि
इतिहासका संरचना बनाइयोस फेरि

नब्बे सालमा पनि ठूलो, आको थियो रे भुइँचालो
११ तले धरहरा ९ तलामा झर्यो
बह्तर सालमा पनि आयो फेरि भुइँचालो
त्यही ९ तले धरहरा झारी, धूलोधूलो पार्यो

छुट्टिएका दाजुभाइलाई मिलाइदियो फेरि
धनी गरिब सबैलाई ल्यायो एउटै पालमुनि
बहत्तर साल बाह्र गते आयो भुइँचालो यो भुइँचालो ।

कक्षा ९ ‘क’, ब्राइट फ्युचर मा.वि.
नैकाप, काठमाडौँ ।

फाेटाे स्राेत : विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *