म विद्यार्थी

कविता साहित्य

– स्तुति खतिवडा

म प्रकाश हुँ
जीवनको अँध्यारो तोड्ने
समाजका कुरीतिलाई मोड्ने
म बालक हुँ
कलमले देश कोर्दै गरेका
हामी भविष्य हौँ

कोही डाक्टर भने कोही इन्जिनियर
जो जहाँ भए पनि छ नेपालीपन
मेरो हातमा कलम छ
देशको पीडा लुकाउने मलम छ ।
यस यस देशको कर्णधार
देशको दुःख, पीडा र उठाउँछु भार

उज्ज्वल भविष्य देख्ने सपना मेरो
स्वार्थी मानिस गर्छन् मेरो तेरो
यिनै कुरालाई हटाउने मेरो अभियान
मेरो समाज, देश नै मेरो सान
म सचेत ध्वनि र ज्ञानको बाटो हुँ
म यहाँको उर्वर माटो हुँ
देशको निम्ति लड्ने मेरो चाहना
किनभने म विद्यार्थी हुँ ।
कक्षा ९ ‘क’

Leave a Reply

Your email address will not be published. Required fields are marked *