आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र पुरस्कार जितौँ

समाचार

पुरस्कार जितौँ पुरस्कार जितौँ पुरस्कार जितौँ

आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र समीक्षा गरौँ ।

नमस्कार,

यो हप्ताभरि आफूलाई मन परेका नेपाली बालसाहित्य लेखक, चित्रकार वा आफूलाई मन परेको कृतिका बारेमा बढीमा ५ सय शब्दसम्म लेखेर आफ्नो तस्बिरसहित हाम्रो फेसबुक वा ट्विटर पेजमा ट्याग गरी पोस्ट गर्नुहोस् । आगामी शनिवारसम्म पोस्ट गरिएकामध्ये उत्कृष्ट एक विजेताले रु ५०० को रिचार्ज कार्ड र रु ५०० मूल्य बराबरको हाम्रो प्रतिष्ठानबाट प्रकाशित बालपुस्तकहरु पुरस्कार जित्न सक्नुहुनेछ ।

यस कार्यक्रममा ५ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले मात्र भाग लिन सक्नुहुनेछ । मूल्यांकन समितिको सुझावमा उत्कृष्ट सामग्री प्राप्त नभएको सप्ताहमा भने पुरस्कार घोषणा नगरिने प्रावधान रहेको छ ।

आयोजक

बालसाहित्य प्रतिष्ठान नेपाललाई सघाउँदै,

मोहन कार्की, अध्यक्ष, कार्तिकेय ट्रस्ट नेपाल

(वि.सं २०५५ देखि बालबालिकाको पठन संस्कृतिको विकासका लागि समर्पित)

https://www.facebook.com/groups/884633628307969

Leave a Reply

Your email address will not be published.