‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ बालप्रतिभालाई प्रदान गरिने पुरस्कारबारे जरुरी सूचना

समाचार

यस वर्ष पनि बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीज्यूले बताउनु भएको छ । अग्रज लेखकलाई सम्मान र नयाँ पुस्तालाई हौसला/प्रेरणा ट्रस्टको मूल लक्ष्य रहँदै आएको छ । कार्तिकेय ट्रस्ट नेपाल वर्षभरि धेरै भन्दा धेरै पुस्तक अध्ययन गर्ने र आफूले पढेका धेरै भन्दा धेरै किताबको समीक्षा गर्न सक्ने क्षमतावान् बालप्रतिभाको खोजी गरिरहेका छ ।

तपाइर्हंरु माझमा त्यस्ता बालप्रतिभा छन् भने ट्रस्टसम्म पुग्ने पुल बनिदिनुस् न है ।

वर्षभरि सबैभन्दा बढी पुस्तक पढ्ने बालबालिकालाई वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो बालप्रतिभाको उपाधिसहित नगद दश हजार सहित पुरस्कृत गरिनेबारे जरुरी सूचना

विगत दुई दशकदेखि प्रदान गरिँदै आइएको कार्तिकेय बालप्रतिभा पुरस्कार यस वर्ष पनि वर्षभरि सबैभन्दा बढी पुस्तक पढ्ने बालबालिकालाई दिइने निर्णय आज ट्रस्टका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले गरेको छ । यस पटक ट्रस्टले सर्वोत्कृट पढाकु हिरोलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हुँदा आफूले पढेका पुस्तक सूचीसहित ट्रस्टमा इमेल पत्राचार गर्न निवेदन गर्दछौं । ट्रस्ट परिवारले छानिएका सम्बन्धित बालबालिका र अध्ययनरत विद्यालयसँग परामर्श गरी छनोटको प्रक्रिया अगाडि बढाउने छ । पुरस्कृत हुने बालबालिकालाई यस वर्ष १० हजार नगदसहित ‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ प्रतिभाको उपाधिसहित पुरस्कृत गरिने भएको छ ।
कार्तिकेय ट्रस्ट बालाहित्य लेखक कार्तिकेयको लेखकस्व संकलन गरी वरिष्ठ शिक्षासेवी मोहन कार्कीसँगको सहकार्यमा स्थापना भएको हो । लेखक कार्तिकेय र शिक्षासेवी कार्कीको सहकार्यमा विगत लामो समयदेखि प्रदान गरिँदै आइएको यस पुरस्कार ट्रस्टको प्रमुख लक्ष्य बालबालिका माझमा पठन संस्कृतिको विकास गर्नु हो । यसका लागि ट्रस्टले बालबालिका माझमा थुप्रै कार्यक्रमहरुको आयोजना गरिसकेको छ । कोषको शैक्षिक प्रोत्साहन सहयोग र बालप्रतिभा पुरस्कारबाट १ सय बालबालिकाहरु पुरस्कृत र १ हजार बढी बालबालिकाहरु शैक्षिक प्रोत्साहन सहयोगबाट सम्मानित भई लाभान्वित भइसक्नुभएको छ । ट्रस्टको शैक्षिक प्रोत्साहन सहयोगमा दाता भई बालबालिकालाई एक वर्षको पढाईका लागि तथा बालसाहित्य पुस्तकहरु प्रकाशन गरी निःशुल्क वितरणमा सहयोग गर्ने आदरणीय दाताहरुको सूची पनि लामो भइसकेको छ । जसमध्ये प्रा.डा. अच्युतमणि आचार्य, गीता केशरी, गोपाल पराजुली, रामकाजी कोने, मोहन कार्की, पारस श्रेष्ठ , जलेश्वरी श्रेष्ठ, रञ्जुश्री पराजुली, भगवती पौडेल, शीतल लामा, करुणा खड्गी, शीला खड्गी, सुशीला देउजा, उन्नती बोहरा शीला, कविता पराजुली, सुरेश मास्के, मधुसूधनप्रसाद घिमिरे, एन.टी. लामा, दयाराम थापा, मनी जोशी, प्रयास नेपाल परिवार, तेज सुब्बा, मदरहुड केयर नेपाल, स्व. भुवनेश्वरी सत्याल, स्व. नगेन्द्र शर्मा, स्व. डा. केदार कर्माचार्य, स्व. दुर्गादेवी घिमिरे आदि आदि रहनुभएको छ ।
सम्पूर्ण सहयोगी दाताहरुप्रति कार्तिकेय ट्रस्ट नेपाल परिवार हार्दिक आभार प्रकट गर्दछ ।

सम्पर्क:
इमेल kartikeya99@gmail.com
फोन नं. ९८०१०७७५१५ यो नम्बरमा म्यासेज गर्नुहुन अनुरोध छ । ट्रस्टबाट तपाईंलाई फोन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *