वरिष्ठ बालअधिकारकर्मी गौरी प्रधानको अपिल

समाचार

बालबालिकालाई जोगाऔं!

कोभिड- १९ को तेश्रो लहरको जिवाणु दोश्रो लहर जतिकै जोखिमपूर्ण हुन सक्ने र खासगरी बाल बालिकाको निम्ति संक्रामक हुन सक्ने कुरा विभिन्न अद्द्ययन तथा अनुसन्धानले पुष्टि गरेको छ । तसर्थ, हाम्रा बालबालिकालाई सो संक्रमणबाट जोगाउन तत्काल प्रतिरोधात्मक र क्रमश: उपचारात्मक तथा निदानात्मक कार्यहरुको तैयारी र ब्यवस्थापन गर्नु जरुरी छ । सो कार्य गर्न गराउनको निम्ति नेपाल सरकार, प्रदेश सरकार खासगरी स्थानिय तहका पालिकाहरुमा हार्दिक अपिल गर्दछु ।

साथै सो कार्यमा सकृयताका साथ नेपाल सरकारलाई सघाउन डब्ल्यु. एच.ओ.(WHO), यूनिसेफ (UNICEF) र अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघ-संस्थाहरुमा पनि आग्रह गर्दछु । यस बाहेक, सो कार्यको योजना निर्माण, कार्यान्वयन र अनुगमन जस्ता कार्यहरुमा सरकारलाई सघाउन अर्थात प्रभावकारी अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, अन्य मानव अधिकार सम्वन्धी आयोगहरु र राष्ट्रिय बाल अधिकार परिषदमा विशेष आग्रह गर्दछु । यस बिषयमा सजग, सचेत र सावधानी अप्नाउन सम्पूर्ण अभिभावक, शिक्षक तथा सामुदायमा कृयाशील सामाजिक कार्यकर्ताहरुमा बिनम्र आग्रह गर्दछु ।

गौरी प्रधान

पूर्व सदस्य तथा प्रवक्ता

राष्ट्रिय मानव अधिकार आयोग

नेपाल

२०७८।०३।१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *