रमाइला नानी बालसाहित्य पुरस्कार दुर्गालाललाई

समाचार

ललितपुर, असार २४

नानीका कवि आदरणीय साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित रमाइला नानी बालसाहित्य पुरस्कार जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

कविवर पराजुलीको ८७ औँ जन्मजयन्तीका अवसरमा आज असार २४ गते बिहीबार साँझ ६ बजे अनलाइन जुममार्फत यो पुरस्कार हस्तान्तरण गर्न लागिएको कृष्ण साहित्य सदन ललितपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.