कथालेखन प्रतियोगिता सम्पन्न

समाचार

काठमाडौँ, साउन ८

निसर्ग बाटिका स्कुलको आयोजनामा अन्तर विद्यालय कथालेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ११ विद्यालयका कक्षा ५ र ६ मा अध्ययनरत २४ विद्यार्थीले भाग लिएका थिए ।

एल. आर. आई. स्कुल, राजर्षि गुरुकुल स्कुल, युरो स्कुल, रिब्स स्कुल, जोन डेवी स्कुल, आलोक विद्याश्रम, नेशनल क्रियटिभ कोएडुकेशनल स्कुल, दि एक्सेलसिएर स्कुल, संस्कृति इन्टरनेशनला स्कुल, अक्षरा स्कुल र निसर्ग बाटिका स्कुल सहभागी भएको यस प्रतियोगितामा वरिष्ठ बालसाहित्य लेखक र सम्पादक कृष्णदीप सिग्देल, कार्तिकेय घिमिरे र अचला ढुङ्गेलको तीन सदस्यीय निर्णायक समितिले ५ जना विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरेको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा प्रशंसा थापा, एल. आर. आई. स्कुल (कथावस्तु), रुबि पङ्गेनी, अक्षरा स्कुल (भाषाशैली), अर्णव खत्री, जोन डेवी स्कुल (रचनात्मक सिप), यशश्वी श्रेष्ठ, संस्कृति इन्टरनेशनल स्कुल (परिवेश) र लिजला शाक्य, निसर्ग बाटिका स्कुल (पात्र) रहेका छन् ।

प्रतियोगिताको निस्पक्षताका लागि विद्यार्थीहरुले कथा रचना गरेको हस्तलिखित पृष्ठमा प्रतियोगीको नाम र विद्यालयको नाम उल्लेख नगरी कोड नम्बर समावेश गरी निर्णायकहरुलाई पठाइएको थियो । तीन जना निर्णायकले सहभागीको लेखन सामग्री प्रिन्ट गरी आआफ्नो घरमै बसेर मूल्याकंन गरी पठाएको नम्बरलाई मिलाई तीन जना निर्णायकको नम्बर जोड्दा सबैभन्दा बढी नम्बर ल्याउन सफल विद्याथीहरुलाई ५ विधामा पुरस्कृत गरिएको छ ।

अनलाइन जुममा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै निसर्ग बाटिका स्कुलका प्रिन्सिपल कामना रेग्मीले यस्ता प्रतियोगिताले बालबालिकाको नेपाली भाषा लेखनमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम निसर्ग बाटिका स्कुल नेपाली विभागको संयोजनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *