भारतको नयाँ दिल्लीमा विद्यालयहरु फेरि बन्द

अन्तर्राष्टिय समाचार

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै सम्भावित चौथो लहरबाट बच्न जर्मनीले खोप नलगाएका नागरिकलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । खोप नलगाएका नागरिकहरुका कारण संक्रमणको जोखिम बढेपछि उनीहरुका सार्वजनिक गतिविधिमा रोक लगाउन जर्मनीका राष्ट्रिय तथा क्षेत्रीय तहका नेताहरु सहमत भएका हुन् ।

कोरोना विरुद्धको खोप लगाएका र भर्खरै कोरोना संक्रमण भएर निको भएकाहरुलाई मात्रै रेस्टुरेन्ट, सिनेमा घर, विभिन्न मनोरञ्जनात्मक स्थल र पसलहरुमा जान छुट दिइएको छ । साथै जर्मनीकी चान्सलर एंगेला मर्केलले आगामी फेब्रुअरीदेखि कोरोना विरुद्धको खोप अनिवार्य गर्ने बताउनु भएको छ ।

जर्मनीमा ६८ दशमलब ७ प्रतिशत जनसंख्याले कोभिड खोप लगाएका छन् । जर्मनीमा कोरोनाको चौथो लहर निकै गम्भीर हुनसक्ने आँकलन गर्दै नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको हो । पछिल्लो २४ घन्टामा मात्रै ३ सय ८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो समय भेटिएको कोरोनाको ओमिक्रोन भेरिन्टको जोखिम पनि युरोपेली देशहरुमा बढ्दो क्रममा छ । युरोपका १५ मुलुकमा ७९ जनामा कोरोनाको ‌ओमिक्रोन भेरियन्टको संक्रमण देखिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *