मानव अधिकार

समाचार

भाइबहिनीहरु, आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस हो । यो दिवस प्रत्येक वर्ष १० डिसेम्बरमा मनाउने गरिएको छ । सन् १९४८ मा संयुक्त राष्ट्र संघले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिएको छ । यस वर्ष मनाइएको मानव अधिकार दिवस ७३ औं हो ।  

आज हामी मानव अधिकारका विषयमा केही कुरा बुझौं न है !

मानव अधिकार भनेको के हो ?

मानव अधिकार यस्तो अधिकार हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाउनु पर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन्, त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भए पनि फरक पर्दैन । प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ । मानव अधिकारको प्रकृति विश्वव्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।

मानव अधिकारको सूची

आधारभुत मानव अधिकार भित्र के के पर्छ भन्नेमा सबैको एक मत पाइदैन ।

जीवन जिउने अधिकार, आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार अर्थात् दास हुन नपर्ने, सम्पत्तिमाथिको अधिकार, बोल्ने स्वतन्त्रताको अधिकार, ज्यानको सुरक्षाको अधिकार, कुनै देशको नागरिक हुन पाउने अधिकार, मताधिकार (भोट हाल्न पाउने अधिकार), उचित शिक्षाको अधिकार, स्वतन्त्र विचार राख्न पाउने अधिकार, स्वतन्त्र रूपमा विचार व्यक्त गर्न पाउने अधिकार र रोजगारीको अधिकार, केही आधारभूत मानव अधिकारका विषय यी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *