कोरोना भाइरसको संक्रमण बढेपछि युरोपेली मुलुक अस्ट्रियाले लगाएको प्रतिबन्धात्मक व्यवस्था र खोप अनिवार्य गरेपछि त्यसको विरोधमा दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका छन् ।
अस्ट्रियाको राजधानी भियनामा मात्रै ४४ हजार मानिस विरोध र्यालीमा सहभागी भएका छन् । भियनामा लगातार चौथो हप्ताको प्रदर्शन हो यो । गत महिना खोप लगाएका मानिसलाई पनि लकडाउन गर्ने पहिलो युरोपेली मुलुक अस्ट्रिया हो । एक महिना लामो लकडाउन आजैबाट समापन हुनेछ । तर खोप नगगाएकाहरुलाई भने प्रतिबन्ध कायमै राखिएको छ ।
आगामी फेब्रुअरी सम्ममा कोरोना विरुद्धको खोप अनिवार्य गरिएको विषयमा राजनीतिक पार्टीले पनि विरोध जनाएका छन् । विशेष स्वास्थ्य अवस्था बाहेक १४ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ ।
बिबिसी