शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त UNHCR ले यसै साता १ सय ७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्दार गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो ।
ती विस्थापितहरूमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बालबालिकाहरु रहेका छन् । धेरै शरणार्थीहरू बेचबिखनका शिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुर्व्यवहारबाट बचेका थिए । त्यसैगरी धेरैलाई हिरासतबाट रिहा गरिएको पनि जनाइएको छ । शरणार्थीहरूलाई सम्भव भएसम्म तेस्रो देशहरूमा पुनर्वास, स्वैच्छिक फिर्ता वा रुवान्डामा व्यवस्थापन जस्ता दिगो समाधानहरू खोज्न मदत गर्ने लक्ष्य राखिएको छ । – रासस