काठमाडौंमा चिसो बढ्यो

समाचार

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिएको छ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ ।

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको हो । जल तथा मौसम विज्ञान विभागले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी साताको मध्यतिर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.७ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *