कोरोनाको ओमिक्रोन विश्वभर पुगिसकेको हुनसक्ने : डब्लुएचओ

अन्तर्राष्टिय समाचार

विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुगिसकेको विश्व स्वास्थ्य संगठनको दाबी/कम जोखिमयुक्त भए पनि उच्च सावधानी अपनाउन आग्रह ।  

विश्व स्वास्थ्य संगठनले विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिले नै पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । धेरैपटक म्युटेसन भएर बनेको ओमिक्रोन भाइरसबाट संक्रमित हुने मुलुकको संख्या ७७ पुगेको डब्लुएचओले पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेएससले ओमिक्रोन सम्भवत पहिले नै अरू धेरै देशमा पुगिसकेको बताउनु भयो । जुन अकल्पनीय दरमा फैलिरहेको छ । ओमिक्रोनलाई नजर अन्दाज गरिन्छ भन्नेमा आफू चिन्तित रहेको बताउँदै उच्च सर्तकता अपनाउन डब्लुएचओ प्रमुख टेड्रोसको आग्रह छ ।

पछिल्लो अध्ययनले ओमिक्रोनको जोखिम सोचेभन्दा कम रहेको पाइएको छ । साथै गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना कम रहेको पाइएको छ । ओमिक्रोन पहिलोपटक गत नोभेम्बर मा दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यसपछि लगातार रुपमा विभिन्न देशमा फैलिने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published.