माल्टाले भाङको उत्पादन र व्यक्तिगत प्रयोगमा वैधानिकता दिएको छ । भाङलाई खेति गर्न र प्रयोग गर्नमा वैधानिकता दिने पहिलो युरोपेली मुलुक माल्टा बनेको हो । आयुर्वेदिक औषधीय गुण भएको भाङलाई लागू औषधका रुपमा उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
माल्टाले वयस्कलाई ७ ग्रामसम्म भाङ बोक्न अनुमति दिएको छ । साथै एउटा घरमा ४ वटाभन्दा बढी भाङका विरुवा रोप्न पाइनेछैन । माल्टामा सार्वजनिक स्थल र बालबालिका सामुन्ने धुमपान गर्न निषेध गरिएको छ । अन्य युरोपेली मुलुकहरु जर्मनी, लग्जेम्वर्ग र स्वीटजर्ल्याण्डले पनि यस्तै व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेका छन् ।
यसै गरी अर्को युरोपेली मुलुकले नेदरल्याण्डले निश्चित मापदण्ड अपनाएर भाङको प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । माल्टाको संसदले भाङको प्रयोग गर्न दिने पक्षमा हिजो मतदान गरेको हो ।