युरोप/ बालबालिकालाई कोभिड खोप अभियान सुरु

अन्तर्राष्टिय समाचार

रासस- एएफपी

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् । जर्मनी, स्पेन, ग्रीस र हंगेरीले साना बालबालिकालाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका हुन् ।

युरोपेली संघको औषधि सम्बन्धी नियामक निकायले गत महिना फाइजर खोपलाई पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि अनुमोदन गरेको थियो ।

संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फ्रान्समा गम्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।

बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्विट्जरल्याण्डका चिकित्सा एजेन्सीहरुले बालबालिकाको खोपलाई स्वीकृति दिएको छ । तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतीमा अझै पनि ५–११ वर्ष उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भन्ने बारे सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *