युरोपेली सङ्घ (इयू) को स्वास्थ्य निकायले सन् २०२२ को शुरु सम्ममा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ । यसले अस्पताल भर्ना र मृत्युको संख्या बढाउने समेत जनाएको छ ।
यूरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । युरोपेली स्वास्थ्य आयुक्तले युरोपेली देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलुकले नियन्त्रणका लागि प्रयास थाल्न ढिला गर्न नहुने बताउनु भएको छ । – रासस