पाकिस्तानमा बालबालिकामा कुपोषण

अन्तर्राष्टिय समाचार

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच वर्ष पुग्नु अघि नै मृत्यु हुने गरेको छ । पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले सो जानकारी दिनुभएको हो । पाकिस्तानमा सुक्ष्म पोषक तत्वहरूको कमी रहेको छ ।  यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गर्नुभयो । यसै साता गहुँको प्रयोग मार्फत् जिंकको कमीलाई पूरा गर्न सकिन्छ ।  हार्भेस्टप्लसको सहयोगमा पाकिस्तानमा परम्परागत तीन किसिमका जैविक गहुँ बालीलाई लगाउन प्रोत्साहन गर्न बजारमा बिउ पठाइएको छ । कुपोषण र खानपानका कारण रुग्णता र मृत्युदर बढ्न गएको विज्ञहरुको विश्लेषण छ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *