बूढानिलकण्ठ मावि पुगेपछि शिक्षामन्त्री प्रभावित

राष्ट्रिय समाचार

काठमाडौँ, २०७८ पुस २ (रासस)/ विद्यालय परिसरमा हरियाली साग, लटरम्म गोलभेडा, स्याउ, आरु, अलैचीका बोट लहलह देखेपछि शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अचम्भित हुनुभयो ।

काठमाडौको बूढानिलकण्ठस्थित बूढानिलकण्ठ स्कुलको निरीक्षण गर्न पुग्नुभएका शिक्षामन्त्री पौडेल विद्यालयको व्यवस्थापन र विद्यार्थीको जाँगर देखेर प्रभावित हुनु भएको हो । शिक्षामन्त्री पौडेलले सो विद्यालयका विद्यार्थीले पाइरहेको गुणस्तरीय र व्यावहारिक शिक्षाको स्थितिबारे जानकारी लिनुभएको हो । विद्यालयमा पुग्दा आफूलाई कुनै कृषि फार्म पुगेको जस्तो महसुस भएको उहाँले बताउनु भयो ।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रुपमा खटिएको अर्धसरकारी स्तरको आवासीय विद्यालय बूढानिलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ५ देखि कक्षा १२ सम्म हाल एक हजार १३५ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले विद्यार्थीलाई करेसाबारीमा साँझ बिहान कृषिको सीप पनि सिकाउने गर्दछ । मन्त्री पौडेलले सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *